बंगलादेशसँग खेल्ने नेपाली फुटबल टिमकाे घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं । बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिमकाे घोषणा भएको छ । २५ सदस्यीय टोली बंगलादेश जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

बंगलादेश जाने टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगालामा बिदाई गरिएको एन्फाले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले खेलाडीहरुलाई विदाइ गरेका थिए ।

२५ खेलाडी र ७ अफिसियलसहित ३२ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्नेछ । चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तालिका अनुसार यही नोभेम्बर १३ र १७ मा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ ।

नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।

बंगलादेशसँग मैत्रीपूर्ण खेल्ने पक्का भएपछि राष्ट्रिय खेलकुद परिषदको अनुमतिसहित एन्फाले दशरथ रंगशालमा प्रशिक्षण सुरुवात गरेको थियो । बुधबारको प्रशिक्षणपछि प्रशिक्षक महर्जनले नेपाली टिमको फिट्नेस लगायत अन्य क्षेत्रमा पनि केही सुधार भएको बताएका छन् । साथै उनले कोरोना महामारीपछि खेल्न लागेको यो पहिलो खेललाई लिएर अनौठो महसुस भएको बताए । कप्तान किरण लगायत अन्य खेलाडीहरु पनि लामो समयपछि फुटबलमा बयाक हुँदा उत्साहित छन् । कोरोना महामारीका कारण २०७६ चैत यता नेपाली खेलाडीले फुटबल खेलेका छैनन् । यस्तै गत वर्ष नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेत विरुद्ध खेलेयता नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक खेल खेल्न लागेको हो ।

बंगलादेश जाने २५ सदस्यीय टोलीमा

अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...