माङसेबुङकाे रेडस्टार क्लबको अध्यक्षमा पुन: राई निर्वाचित

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा क्रियाशील रेडस्टार क्लबको अध्यक्षमा मदन राई निर्वाचित भएका छन् ।

शुक्रबार चारसुरेमा सम्पन्न क्लबो चौथो साधारणसभाबाट राई पुन अध्यक्षमा निर्वाचित भएका हुन् । राई यसअघिका समेत क्लबका अध्यक्ष हुन् ।

साधारणसभाले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा बालकृष्ण बस्नेत, सचिवमा हरि राई, सहसचिवमा धनकुमार लिम्बू र कोषाध्यक्षमा प्रमिता धमनला निर्वाचित भएका छन् ।

सदस्यहरुमा युवराज कार्की, रबिन तामाङ, गंगा बस्नेत, रमादेवी कोइराला, दीपक ल्वागुन, नविन बस्नेत, मुना निरौला र सुमन राई निर्वाचित भएका छन् ।

 

क्लबको विधान अनुसार समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

२०७३ सालमा स्थापित क्लब स्थानीय स्तरमा विभिन्न सामाजिक गतिविधिमा क्रयाशील छ । क्लबले दुखमा परेकाहरुलाई राहत वितरण कार्यक्रम, सामुदायिक सरसफाई कार्यक्रम, वृक्षारोपण कार्यक्रम, सचेतनामूलका कार्यक्रम तथा विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्दै आएको छ ।

मदन राईको अध्यक्षता र माङसेबुङ गाउँपालिका २ नम्बर वडा पुषपराज कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कार्कीसहित नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ र क्लबका सल्लाहकार युवराज बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन क्लबका सचिव हरि राई र स्वागत मन्तव्य उपाध्यक्ष बालकृष्ण बस्नेतले गरेका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;