आईपीएल : ‘प्लेअफ’मा पुग्नेलाई पुरस्कार, कुन टिमले कति रकम पाउने?

 लिम्बुवान न्युज
                       

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा अब मात्र दुई म्याच बाँकी छन् । दोस्रो क्यालिफायर र फाइनल म्याच मात्र बाँकी रहेका हुन् ।

फाइनल खेल्ने एक टिम पक्का भइसकेको छ । यो सिजनमा पनि मुम्बई इण्डियन्सले फाइनलको टिकट पक्का गरिसकेको हो ।

आज फाइनल खेल्ने दोस्रो टिमको टुंगो लाग्ने छ । दोस्रो क्वालिफायरमा फाइनल प्रवेश गर्न दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दै छन् ।

तपाईलाई आईपीएल २०२० को विजेता, उपविजेता तथा ‘प्लेअफ’ मा पुग्ने टिमले पाउने पुरस्कारको बारेमा थाहा छ? यदि थाहा छैन भने आज जानकारी दिँदैछौँ ।

जारी आईपीएल विजेता टिमले गत वर्षभन्दा कम पुरस्कार राशि पाउने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो पटक २०१९ को सिजनकोभन्दा ठ्याक्कै आधा  पुरस्कार राशि दिने निर्णय गरिसकेको छ ।

गत सिजनमा मुम्बई इण्डियन्सले ट्रफीसहित नगद २० करोड भारु पुरस्कार पाएको थियो । तर, आईपीएल २०२० मा विजेता बन्ने टिमले १० करोड भारु पुरस्कार पाउने छ ।

यो पटक उपविजेता टिमले ६ करोड २५ लाख भारु पाउने छ । गत सिजनमा उपविजेता बनेको चेन्नई सुपर किंग्स (सीएसके)ले साढे १२ करोड भारु पाएको थियो ।

विजेता र उपविजेता टिमले मात्र होइन ‘प्लेअफ’मा पुग्ने टोलीले पनि पुरस्कार रकम पाउने छन् । क्वालिफायर २ र एलिमिनेटरमा हार्ने टिमले पनि चार करोड बढी रकम पाउने छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...