फियाकद्धारा जिल्ला चुम्लुङको कार्यबहाक बिधानसम्मत भएको जिकीर

 लिम्बुवान न्युज
                       

दमक। किरात याक्थुङ चुम्लुङ झापाका कार्यवहाक अध्यक्ष शेसेहाङ फियाकले गत कार्तिक १७ गते आफूले पाएको अख्तियारी विधानसम्मत भएको जिकीर गरेका छन् ।

उनले पाएको कार्यवहाकको अख्तियारी प्रति चुम्लुङका पदाधिकारीहरुको गुनासो सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि फियाकले आफूले पाएको जिम्मेवारी चुम्लुङको विधान र लिम्बु जातिको हितका लागि नै भएको जिकीरे गरेका हुन् ।

सामाजिक सञ्जालमा प्रष्टीकरण दिदै फियाकले अस्वस्थ्य रहेका चुम्लुङ जिल्ला अध्यक्ष् भक्त खेवाङले कार्यवहाकको जिम्मेवारी दिएको वताउदै यसैलाई इगो गर्नु उचित नहुने वताएका छन् । अध्यक्ष खेवाङले पदाधिकारी हुदाँहुदै सदस्यलाई जिम्मेवारी दिनु विधान सम्मतनै भएको र यसलाई प्रतिष्ठाको विषय वनाउनु दुखद भएको उनको भनाई छ ।

उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी किन दिनुप¥यो, कसरी दिए, किन मलाई नै दिनुप¥यो भन्ने बिषयमा उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत सदस्यहरूलाई जानकारी गराएको समेत उल्लेख गरेका छन् । जिल्ला चुम्लुङको दैनिक कार्य सञ्चालन गर्दैजाने गरी अध्यक्षज्यूले अख्तियारी दिएको प्रष्टयाउदै उनले भनेका छन्, –‘चुम्लुङमा मेरो स्वार्थ छैन्, सदैव चुम्लुङको विकासको निम्ती भूमिका हुनेछ ’
पान्थर जिल्लामा रहेर काम गर्दा चुम्लुङको एक कार्यकाल सचिवको जिम्मेवारी सम्हालेको वताउदै फियाकले दमक आएपछि पनि चुम्लुङ दमक नगरसमितिको सल्लाहकारक, चुम्लुङको मुखपत्र तान्छोप्पा पत्रिकाको झापा प्रतिनिधि भएर निकै समयसम्म काम गरेंको जनाएका छन् ।

राष्ट्रिय चुम्लुङ् सदस्य पदमा रहेर जिल्ला कार्य समितिको हरेक कृयाकलापमा सहभागि हुदै आएको उल्लेख गर्दे फियाकले संस्थाका अध्यक्ष र पदाधिकारीहरुवीचको मनमुटाव बसेर समाधान खोज्न पनि आग्रह गरेका छन् ।

चुम्लुङ झापामा अध्यक्षसँग उपाध्यक्ष जनबहादुर जवेगु,सचिव जिवन सिंगकले पौंठेजोरी मात्र खेलेको, आजीवन सदस्यको रकम मिलान नगरेको भन्दै कार्यवहाक अध्यक्ष फियाकले यतिसम्म कि विर्तामोडस्थित जिल्ला चुम्लुङ भवन मर्मत र सामुदायिक भवन बनाउँन प्रदेश सरकारले प्रदान गरेको बजेट कार्यान्वयन गराउने सन्दर्भमा बारम्बार असहयोग भएको आरोप लगाएका छन् ।

कातिक ५ गते बसेको जिल्ला कार्य समितिको नियमित बैठकले राष्ट्रिय चुम्लुङ् सदस्यबाट पदमुक्त गराई रिक्त रहेको जिल्ला सदस्य पदमा बहुमत सदस्यहरूको समर्थनमा मनोनयन गरि जिल्ला सदस्यमा मनोनित गरेको र वरिष्ठ सदस्यको नाताले आफूलाई कार्यवहाक दिएको स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...