दमकमा लगातार कोरोना संक्रमितको मृत्यु , आज फेरि १ थपिए

 लिम्बुवान न्युज
                       

दमक। कोरोना संक्रमणबाट दमकमा दिनानुदिन मृत्युहुनेको संख्या थप हुँदै गएको छ । आज ५ः३० बजे दमक ५ का खड्का थरका एक ८६ वर्षीय वृद्धाको मृत्यु भएको छ ।

होम आइसोलेनमा बसेर उपचार गराइरहेका वृद्धालाई कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार मात्र दमक ६ का ४५ वर्षीया कार्की थरकी महिलाको मृत्यु भएको थियो । उनको विराटनगरको विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

उनका अनुसार ती महिलालाई हिजो मंगलवार सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २६ पुगेको छ त्यसैगरी जिल्लामा मृत्यु हुनेको संख्या ७२ पुगेको जनाइएको छ ।

यसैवीच पछिल्ला समय झापामा संक्रमण तीव्र फैलिदै गएको छ । दमकमा आज थप ३७ जना संक्रमित थपिएका छन् । जिल्ला भित्र ८५ संक्रमित थपिएका मध्ये दमकमा संक्रमण धेरै देखिएको हो । हाल सम्म दमकमा ६९१ जनामा संक्रमण देखिएको छ भने ३६६ जना उपचार पछि घर फर्किएका छन् ।

यता दमक २ वेलडाँगीमा आइतवारदेखि सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा ४ जना संक्रमित उपचाररत रहनुभएको स्वास्थ्य शाखाले जनाएको छ ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...