पूर्वाञ्चल दैनिकबाट किरात सिरीजङ्गा लिपिको सामाग्री पढ्न पाइने

 लिम्बुवान न्युज
                       

विर्तामोड। किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापा र झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिकाको सहकार्यमा किरात सिरीजङ्गा लिपिको सामाग्री प्रकाशन गर्ने सम्झौता भएको छ ।

बिर्तामोडस्थित पूर्वाञ्चल दैनिकको कार्लालयमा आज पूर्वाञ्चल दैनिक पत्रिकाको तर्फबाट सम्पादक एकराज गिरी र चुम्लुङ् शाखा झापाको तर्फबाट सेसेहाङ् फियाकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

किरात लिम्बू भाषा विकास, संरक्षण, सवर्द्धन र प्रवर्द्धन गर्दै जाने चुम्लुङको मूलभूत उद्देश्यलाई कार्यान्वयन गर्दै जानको निमित्त दुईपक्षबिच भएको सम्झौता फियाकले बताएका छन् ।

सम्झौता अनुसार आगामी मंसिर १ गतेदेखि लागू हुनेगरी महिनाको दुई पटक १ र १५ गते सामाग्रीहरु प्रकाशन गरिने जनाइएको छ । यो सम्झौता २ वर्षसम्म कायम रहने र यसको सम्पादक सेसेहाङ फियाक र सह–सम्पादकको रुपमा सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ् रहने पत्रिकाका सम्पादक एकराज गिरी बताए ।

पत्रिकामा किरात सिरीजङ्गा लिपिको माध्यमबाट समाचार, कथा, कविता, गीत, नाटक, उपन्यास, गजल, हाइकु लगायत विभिन्न आलेखहरू प्रकाशन हुने छ । दैनिक पत्रिकाको माध्यमद्वारा किरात सिरीजङगा लिपिमा नै समाचार पढ्न पाउँदा झापावासी लिम्बु समुदायहरु उत्साहित हुने संचार कर्मी डिल्लीश्वर मुसाहाङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...