मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित

,   लिम्बुवान न्युज
                       

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो ।

नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित भएको छ । सन् २०१५ मा मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

 

बंगलादेशले खेलको दुवै हाफमा एक/एक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपाल बराबरी गोल फर्काउन प्रयासरत रह्यो । तर दोस्रो हाफमा बंगलादेशले दोस्रो गोल गर्दा नेपालले भने गोल गर्न सकेन । ८०औं मिनेटमा महबुबुर रहमानले एकल प्रयासमा गोलकिपर किरण चेम्जोङलाई समेत छलाउँदै गोल गरे ।

मैत्रीपूर्ण खेलका लागि घरेलु टोलीले तीन साता भन्दा बढी प्रशिक्षण गरेको थियो । नेपालले भने काठमाडौंमा करिब एक साता प्रशिक्षण गरेर बंगलादेश गएको थियो । दुई दिन होटल क्वारेन्टिनमा बसेका नेपालले केही दिन मैदानमा प्रशिक्षण गरेको थियो ।

मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्नेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;