आजबाट पूर्वाञ्चल दैनिक २६ वर्षमा

 लिम्बुवान न्युज
                       

दमक। झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा गरी २६ बर्षमा प्रवेश गरेको हो ।

मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २६ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिले सम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

२६ वर्ष प्रवेशसंगै पत्रिकाले यस वर्षबाट विभिन्न जातीको भाषा लिपिको संरक्षण र विकासमा टेवा पुर्याउन विभिन्न भाषामा सामग्री प्रकाशन गर्ने भएको छ । प्रदेश–१ मै पहिलो पटक पूर्वाञ्चल दैनिकले यस्तो कार्य गर्न लागेको हो । सर्वप्रथम पाक्षिक रूपमा किरात सिरीजङ्गा लिपिको सामाग्री प्रकाशन गरिने र त्यस सम्वन्धी सम्झौता भइसकेको छ ।

प्रदेश–१ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा प्रत्यक्ष विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।

यस वर्ष कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहदाँ पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठक तथा विज्ञापनदाताको मन जित्न सफल भएको छ । गत वर्ष रजत वर्ष मनाएको पत्रिकाले झापाका क्रियाशील ११३ जना पत्रकारको कोरोना बिमा गरेर पत्रकारको स्वास्थ्य सुरक्षा प्रति आफूलाई जिम्मेवार प्रस्तुत गरेको छ ।

प्रत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई अझ सशक्त बनाउने उद्धेश्यले आजैबाट गुडमर्निङ पूर्वाञ्चल कार्यक्रम समेत सुरु गरेको छ । जसमा राशीफल सहितका महत्वपूर्ण सामग्री प्रस्तुत हुनेछन् । अनलाइनलाई अझ प्रभावकारी बनाउर्दै श्रव्यदृश्य सामग्रीलाई प्राथमितामा राखेर अघि बढ्ने प्रधानसम्पादक एकराज गिरीले जानकारी दिए । बजारलाई अझ विस्तार र व्यवस्थित गर्ने योजना रहेको व्यवस्थापक चन्द्रकान्त ढकालले बताएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...