मोरङको पाटी गाउँमा म्याराथुन प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

  • कबिन तुम्बापो लिम्बु

मोरङ । मोरङको केराबारी गाउँपालिका–१, पाटीगाउँमा पहिलो पल्ट दौड (मिनी म्याराथुन) प्रतियोगिता सन्चालन हुने भएको छ ।

खेलकुदको माध्यमबाट नयाँ पुस्ताका युवाहरुमा सकरात्मक परिवर्तन ल्याउने हेतुले मिनी म्याराथुन प्रतियोगिता गर्न लागेको हो ।

अहिले विश्व नै कोभिड–१९ (कोरोना भाइरस) को कारण आक्रान्त बनेको र खेलकुद क्षेत्र .पनि अस्त ब्यस्त भएको छ । यस्तो विसम परिस्थितिमा सन्चालन गरिने प्रतियोगिता यस ठाउँको लागि पहिलो, नौलो र उर्जाशिल हुने आयोजक सदस्य डेभिड लिम्बुले बताए ।

यस दौडमा १५ देखि ४० बर्ष उमेर पुगेका महिला, पुरुषले सहभागिता जनाउन पाउने छन् । सहभागी पुरुष खेलाडिले ५ कि.मि. दौडनु पर्ने छ । जसको लागि पाटी गाउँबाट सुरु गरेर किरातेश्वर फाल्गुनन्द माङ्हिम पुगे पछि पुनः सोही सुरुवाती ठाउँमा पुग्नु पर्ने छ ।

त्यस्तै महिला खेलाडीले ४ कि.मि. दौडनु पर्ने छ । जसको लागि पाटी गाउँबाट सुरु गरेर कुमाल इभान्जलिकल चर्च पुगे पछि पुनः सोही सुरुवाती ठाउँमा पुग्नु पर्ने छ ।

सहभागी पुरुष महिला दुबै तर्फका प्रतियोगीलाई समान रुपमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम हुनेले नगद रु. ५००० रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र, द्धितीय हुनेले नगद रु.३००० रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद रु.२००० रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस यता दशौं स्थानसम्म हाशिल गर्ने सबै प्रतियोगीहरुलाई प्रमाण पत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका थुप्रै म्याराथुन दौडमा सहभागिता जनाएर नेपाललाई पदक समेत दिलाएका खेलाडी किरण लिम्बुको संयोजकत्वमा म्याराथुन दौड सन्चालन गर्न लागेको हो । यस दौड मंसिर ५ गते सन्चालन हुने छ । सल्लाहकार सुक्र आङ्देम्बे, किरण लिम्बू, डेभिड लिम्बू, बिपुल मगरले आयोजना गर्न लागेका हुन ।

केराबारी–१ का वडाध्यक्ष चन्द्रसिंह लिम्बुको प्रमुख आतिथ्य र समाजसेवि, बुद्दिजिवी र राजनितिक ब्यक्तित्वहरुको उपस्थितिमा खेल सुचारु गर्ने राज सानू चबेगुले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...