नरदल फेजङ ‘रानीटारे पुजारी’ को देहावसान

 लिम्बुवान न्युज
                       

दमक। किरात धर्मका एक विद्दत व्यक्तित्व मानिने  नरदल फेजङ नेम्बाङ (रानीटारे पुजारी)को निधन भएकाे छ । आज  बिहान उनकाे ७९ वर्षको उमेरमा निधन भएको हाे ।

महागुरु फाल्गुनन्दसंग बाल्यकालमा पटक पटक भेटघाट गर्नुका साथै महागुरुकै कारण पनि किरात धार्मिक कार्यमा आजीवन लाग्नुभएका उनलाई यही कारण महागुरुका जीवित चेला भनेर समेत सम्बोधन गर्ने गरिन्थ्यो।
किरात साम्जीक मुन्धुमका साथै किरात इतिहासविद इमानसिं चेम्जोङसँगको सामिप्यताले किरात इतिहासबारे तथा किरात ज्योतिषविद रनधोज नेम्बाङको संसर्गले किरात ज्योतिषमा समेत राम्रो पकड रहेका उनको जीवन किरात धार्मिक, परोपकारी तथा सामाजिक कार्यमा नै बित्यो।

पान्थरको रानीटारमा बसोबास गर्ने उनको पछिल्लो समय शारीरिक अस्वस्थतामा घर मानै बितेको थियो। अत्यन्तै मिलनसार, मृदुभाषी, विचारमा अडिग, विविध विषयमा गहिरो ज्ञान भएका उनकाे निधनले किरात धर्मले एउटा अभिभावक गुमाएकाे छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...