गाैतमबुद्ध रंगशाला निर्माणमा पहिलो पाइलाको सहयोग

 लिम्बुवान न्युज
                       

दमक।  झापाकाे दमकमा केही बर्ष अघिबाट क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपालले चितवनमा धुर्मुसी सुन्तली फाउण्डेशनको 
संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय गाैतमबुद्ध रंगशाला निर्माणका लागि ३० हजार रुपैया सहयोग गरेको छ ।

रंगशाला निर्माणमा सहयोग पु्र्याउने उद्धेश्यले संस्थाका सदस्यहरूबाट संकलित सो सहयोग रकम फाउण्डेशनलाई प्रदान गरिएको अध्यक्ष दिपक खडकाले जानकारी दिएका छन् ।

अध्यक्ष खड्कासहित संस्थाका सल्लाहकार एवं पदाधिकारी, सदस्यहरुको टोली आज बिहान निर्माणाधिन रंगशालामा पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।

फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर गरिरहेको सो महत्वपूर्ण काममा निर्माण स्थलमै पुगेर सहयोग गर्न पाउदा संस्थाका सदस्यहरुले खुशी व्यक्त गरेकाे अध्यक्ष खड्काले बताएका छन् ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...