सूर्यकाे पहिलाे झुल्काेसँगै सकियो छठ

 लिम्बुवान न्युज
                       

दमक। जब पूर्वबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि आज छठ पर्व सकिएको छ । अघिल्लाे साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिए पछि छठकाे चार दिनकाे धार्मिक कार्यक्रम आज सकिएकाे हाे । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमा बसाेबास गर्ने हिन्दु मधेसी जातीहरूकाे महान चाड छठको उल्लास सकिएको छ ।

कोरोना कहरसँगै याे बर्षका हिन्दु धर्मावलम्बीहरूकाे मुख्य चार्डपर्वहरू सकिएकाे छ । विगतमा जस्ताे उल्लासका साथ मनाउन नसकेता पनि मधेसी जनसमुदायहरूकाे बाहुल्यता रहेकाे तराइका महत्वपूर्ण स्थानहरूमा सुरक्षाा मापदण्ड अपनाएर भएपनि फरक ढंगले छठ मनाइएको छ । वीरगञ्ज, जनकपुर, विराटनगर लगायतका ठूला शहरहरूमा समेत खासै सजिसजाउ देखिएन । सरकारले पनि विसम परिस्थितबाट जाेगिन्न भक्तालुजनहरूलाइ सचेत गराएकाे हुँदा याे बर्ष त्यस्ताे उल्लासमय देखिएन ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिन्छ । भिडभाडमा काेराेना संक्रमण उच्च हुने भन्दै सरकारले सतर्क रहन सबैलाइ आग्रह गरेकाे हुँदा विगतका बर्षहरू जस्ताे झकिझकाउ नभएकाे स्पष्ट छ ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरे संगै सहर बजारका धेरै ब्रतालुहरुले घरको छत मै कृत्रिम पाेखरी बनाएर पुजा अर्चना गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...