सूर्यकाे पहिलाे झुल्काेसँगै सकियो छठ

 लिम्बुवान न्युज
                       

दमक। जब पूर्वबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि आज छठ पर्व सकिएको छ । अघिल्लाे साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिए पछि छठकाे चार दिनकाे धार्मिक कार्यक्रम आज सकिएकाे हाे । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमा बसाेबास गर्ने हिन्दु मधेसी जातीहरूकाे महान चाड छठको उल्लास सकिएको छ ।

कोरोना कहरसँगै याे बर्षका हिन्दु धर्मावलम्बीहरूकाे मुख्य चार्डपर्वहरू सकिएकाे छ । विगतमा जस्ताे उल्लासका साथ मनाउन नसकेता पनि मधेसी जनसमुदायहरूकाे बाहुल्यता रहेकाे तराइका महत्वपूर्ण स्थानहरूमा सुरक्षाा मापदण्ड अपनाएर भएपनि फरक ढंगले छठ मनाइएको छ । वीरगञ्ज, जनकपुर, विराटनगर लगायतका ठूला शहरहरूमा समेत खासै सजिसजाउ देखिएन । सरकारले पनि विसम परिस्थितबाट जाेगिन्न भक्तालुजनहरूलाइ सचेत गराएकाे हुँदा याे बर्ष त्यस्ताे उल्लासमय देखिएन ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिन्छ । भिडभाडमा काेराेना संक्रमण उच्च हुने भन्दै सरकारले सतर्क रहन सबैलाइ आग्रह गरेकाे हुँदा विगतका बर्षहरू जस्ताे झकिझकाउ नभएकाे स्पष्ट छ ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरे संगै सहर बजारका धेरै ब्रतालुहरुले घरको छत मै कृत्रिम पाेखरी बनाएर पुजा अर्चना गरेका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...