शुक्रबार दमक बजार बन्द

 लिम्बुवान न्युज
                       

दमक/ आँउदो शुक्रबार दमक बजार बन्द हुने भएको छ । बर्षौदेखि प्रत्येक शुक्रबार दमक उद्योग बाणिज्य सघको आग्रहमा बजार बन्द हुँदै आएको थियो । चाडपर्व तथा कोभिड कारणले केहि महिनायता पनि दमक शुक्रबार पनि खुला रहदै आएको थियो ।

पुन आँउदो शुक्रबारदेखि दमक बजार बन्द हुने दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले बताएकाछन् । कतिपयले सामाजिक सञ्जाल मार्फत अब शुक्रबार पनि बजार बन्द गर्नु नहुने बताएकाछन् । यद्यपी बाणिज्य संघले निर्णय अवज्ञा भएमा जरिवाना समेत गर्न सक्ने जनाईएको छ ।

सम्बन्धित समाचार

मनकुमार लिम्बुले ‘लिम्बुवान आन्दोलन’ स्मरण गराउने कृति प्रकाशनमा ल्याए

ललितपुर, १७ पुष । संचारकर्मी, लेखक, खोज अन्वेशक तथा पेशाले शिक्षक मनकुमार लिम्बु आङवुहाङले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनमा ‘लिम्बुवान आन्दोलन’लाई समेटेर कृति प्रकाशन गरेका छन् । मंसिर १८ गते इलामको माङसेबुङस्थित धर्मगुरु आत्मानन्द लिङदेनको...

प्रा.डा. लावतिले समानुपातिक उम्मेदवार सुचीमा नाम राखिएकोमा जनाए असहमति

ललितपुर, १५ पौष । उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका बन्दसूचीमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् । उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...