नेपाल उद्याेग वाणिज्य महासंङकाे वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणामसँगै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । हिजो शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

विजय भएसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने बाटो खुलेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछिको महासंघको नेतृत्व स्वत सम्हाल्नेछन् ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । यसैगरी ५० प्रतिशत मत भार रहेको जिल्ला(नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् ।

शनिबार राति नै आएको मत परिणाम अनुसार महासंघको एसोसिएट्स तर्फको उपाध्यक्षमा ढकाल पक्षका रामचन्द्र संघइले बाजी मारेका छन् भने अन्य दुइ उपाध्यक्ष जिल्ला नगरतर्फ प्रधानपक्षका दिनेश श्रेष्ठ त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा प्रधानपक्षकै अञ्जन श्रेष्ठ  विजयी भएका छन् । चुनावी नतिजा अनुसार दुवै प्यानलबाट मिश्रित रुपमा कार्यकारिणी सदस्यहरु निर्वाचित भएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र मुनिका अन्य विभिन्न पदमा शनिबार मतदान भएको हो ।

नेपालमा प्रजातन्त्रको स्थापनासँगै २००८ र ०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघ हुँदै २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भएको थियो । त्यसैलाई विकास गराउँदै वि. सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा उद्योग वाणिज्य महासंघको स्थापना भएको थियो ।

उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि अहिले १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २०औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि एक बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यहरुका लागि १२७ जना चुनावी मैदानमा उत्रिएका थिए । महासंघमा बस्तुगतमा १०१ जना, जिल्ला तथा नगरमा १०५ जना र एशोसिएट तर्फ ९०३ जना मतदाता रहेका थिए ।

 

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...