झापामा पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकाेमा महासंघसहित संगठनहरुकाे चेतावनी

 लिम्बुवान न्युज
                       

दमक/  झापामा श्रृखंलाबद्ध रुपमा पत्रकारहरुमाथि भइरहेको कुटपिट र दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघसहित पत्रकारजन्य संघ संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

पछिल्लो समय अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघ झापा शाखा अध्यक्ष तारामणी सापकोटासहित जिल्लास्थित प्रेस संगठन , नेपाल प्रेस युनियन , मिडिया नेपाल, प्रेस नेपाल र नारी सञ्चार गृहको नेतृत्वले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुमाथि तत्काल कानुनी कारवाही नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन ।

गत मंगलबार मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी ईन्द्र राजवंशीलाई रु १०,०००/- (दश हजार) घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगेर पत्रकार घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठ र सेवाग्राही साहमाथि हुलहुज्जत गरी क्यामेरा खोस्नुका साथै कुटपिट भएको थियो ।

त्यसअघि मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको रु ५०,०००/– (पचास हजार) घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गरी क्यामेरा खोसेका थिए ।

महासंघले पत्रकार तथा क्यामेरा पर्सनमाथि भएका यि दुबै घटना स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भएकाले पत्रकार घिमिरे र क्यामेरा पर्सन श्रेष्ठमाथि मालपोत कार्यालय दमकमा आक्रमण गर्ने कर्मचारी ईन्द्र राजवंशी र लेखापढीमा संलग्न व्यक्तिलाई समेत अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपनि प्रहरी प्रशासनले कुटपिटमा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा गरेको बिलम्बप्रति पनि विज्ञप्तीमा आपत्ति प्रकट गरिएको छ ।

(महासंघकाे विज्ञप्ती)

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...