झापामा पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकाेमा महासंघसहित संगठनहरुकाे चेतावनी

 लिम्बुवान न्युज
                       

दमक/  झापामा श्रृखंलाबद्ध रुपमा पत्रकारहरुमाथि भइरहेको कुटपिट र दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघसहित पत्रकारजन्य संघ संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

पछिल्लो समय अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघ झापा शाखा अध्यक्ष तारामणी सापकोटासहित जिल्लास्थित प्रेस संगठन , नेपाल प्रेस युनियन , मिडिया नेपाल, प्रेस नेपाल र नारी सञ्चार गृहको नेतृत्वले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुमाथि तत्काल कानुनी कारवाही नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन ।

गत मंगलबार मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी ईन्द्र राजवंशीलाई रु १०,०००/- (दश हजार) घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगेर पत्रकार घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठ र सेवाग्राही साहमाथि हुलहुज्जत गरी क्यामेरा खोस्नुका साथै कुटपिट भएको थियो ।

त्यसअघि मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको रु ५०,०००/– (पचास हजार) घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गरी क्यामेरा खोसेका थिए ।

महासंघले पत्रकार तथा क्यामेरा पर्सनमाथि भएका यि दुबै घटना स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भएकाले पत्रकार घिमिरे र क्यामेरा पर्सन श्रेष्ठमाथि मालपोत कार्यालय दमकमा आक्रमण गर्ने कर्मचारी ईन्द्र राजवंशी र लेखापढीमा संलग्न व्यक्तिलाई समेत अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपनि प्रहरी प्रशासनले कुटपिटमा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा गरेको बिलम्बप्रति पनि विज्ञप्तीमा आपत्ति प्रकट गरिएको छ ।

(महासंघकाे विज्ञप्ती)

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...