गुरु आत्मानन्दको ६७औं जन्मोत्सव सम्पन्न

 लिम्बुवान न्युज
                       

  • ज्ञानु केदेम

माङसेबुङ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटन सम्पन्न भएको छ ।

जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै, प्रमुख अतिथि पूर्व सभामुख एवम् प्रतिनिधि सभाका माननीय सांसद सुवास चन्द्र नेम्बाङले अबको ३ वर्ष भित्र माङसेबुङ क्षेत्रमा आमूल परिवर्तन हुने बताए ।

बिहीबार आयोजना भइरहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटन मन्तव्य राख्दै माननीय सांसद नेम्बाङले सो कुरा बताएका हुन ।

जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै, प्रमुख अतिथि सांसद नेम्बाङले महागुरु फाल्गुनन्दले सुरु गर्नु भएको महान कार्यलाई गुरु आत्मानन्दले पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको बताएको छ ।

देशमा विगतको भन्दा अझ शान्ति र एकता कायम गर्न आवश्यक रहेको प्रमुख अतिथि सांसद नेम्बाङले औल्याएका छन् । सांसद नेम्बाङले यस क्षेत्रका राजनीतिक दलका कार्यकर्ताहरु बीच एकता भएर विकास निर्माण काममा लाग्न आग्रह समेत गरेका थिए ।

हरेक वर्ष मंसिर १८ मा वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष कोरोना भाइरस महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी समारोह मनाइरहेका छन् ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सञ्चालन भइरहेकोे छ ।

बिहीबार नै प्रमुख अतिथि नेम्बाङले माङसेबुङ ३ इलाममा निर्माण गरिएको १५ शैयाको आत्मानन्द अस्पताललाई समेत उद्घाटन गरेका थिए ।

जन्मोत्सवमा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरिएको थियो । भने अब ६७ जना सेवासेवाहरुबाट मुन्धुम वाचन गरी माङ्गेन्ना गर्ने र माङगेन्ना चामल वितरण गरिने आयोजकले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार जन्मिनु भएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अपूरो, अधुरो कार्यलाई पूर्णता दिने क्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहनु भएको छ । वहाँलाई सत्य, शान्ति, अहिंसा र एकताका संबाहकको रुपमा किरात धर्मावलम्बीहरुले मान्ने र पुज्ने गरेका छन् ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सवको अवसरमा विगतका वर्ष झै मंगलबार साक्मुरा वादेम्मा गरिएको र बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी भव्य रुपमा आयोजना गरिँदै आएको आत्मानन्द गोल्ड कप यस वर्ष कोरोनाका कारण स्थगन गरिएपनि सामान्य स्थानीय माङसेबुङ परिसरका खेलाडीहरुको सहभागितामा बुधबार १ दिने खेलकुद कार्यक्रम आयोजना गरिएको छ ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य, किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ प्रस्तुत गरिएको थियो । भने किरात स्वर सम्राट अर्थवीर लाओती सिमले कान्छाले सिवाखाहुन समेत प्रस्तुत गरेको थियो ।

समारोहमा प्रमुख अतिथि नेम्बाङ, प्रदेश सांसदद्धय धिरेन्द्र शर्मा र आशारत्न चवेगू, संविधान सभा सदस्य आइन्द्र सुन्दर नेम्बाङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव चन्द्रकुमार सेर्मा लगायत उपस्थित हुनु भएको थियो ।

समारोहमा स्वागत मन्तव्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने महासचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...