दमकमा सत्तारूढ दलका विद्यार्थीहरूकाे भेला

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेश स्तरीय भेला आयोजना गरिएको छ ।

पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि प्रकृयाका बिषयलाई लिएर बहस चलिरहेका बेला तल्लो तहसम्म गुटगत बहस र भेलाहरुको आयोजना गरिएको बताइएको छ ।

सोही अनुसार आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इतर प्रचण्ड र माधव पक्षको बिद्यार्थी भेला आयोजना गरिएको बताइएको छ ।
नेतृत्वमाथि दबाबद सिर्जना गर्न ओली कै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमकको केन्द्रविन्दु तथा प्रदेश एककै ठुला मध्येको एक दमक बहुमुखी क्याम्पसमा यस किसिमको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको एक जना बिद्यार्थी नेताले बताए ।

उनका अनुसार सो भेलामा सहभागी हुन प्रदेश एकका विभिन्न जिल्लाबाट विद्यार्थी नेताहरु दमकमा केन्द्रित भएका थिए । कार्यक्रममा ७ सय बढी बिद्यार्थी नेता कार्यकर्ताहरु सहभागी भएका छन् । भेलालाई पार्टी नेताहरु इन्द्र आङबो, रविन कोइराला, बिद्यार्थी नेताहरु रञ्जित तामाङ, वसिम आलम, सुदेश पराजुली लगायत नेताहरुले सम्बोधन गरेका छन् ।

पार्टीको केन्द्रिय नेतृत्वमा अध्यक्ष ओलीले पार्टीलाई विधि र प्रकृयामा नचलाई स्वैच्छाचारी प्रवृत्ति लादेको भन्दै अर्का उनी इतरमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सच्चिन दबाब दिदैं आएका छन । प्रदेश १ अन्तर्गत मोरङमा हिजो ओली पक्ष युवाहरुको भेला आयोजना भए लगत्तै काउण्टर दिन ओली इतर समुहले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको क्षेत्रमा आज सो भेला आयोजना गरेको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;