दमकमा सत्तारूढ दलका विद्यार्थीहरूकाे भेला

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेश स्तरीय भेला आयोजना गरिएको छ ।

पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि प्रकृयाका बिषयलाई लिएर बहस चलिरहेका बेला तल्लो तहसम्म गुटगत बहस र भेलाहरुको आयोजना गरिएको बताइएको छ ।

सोही अनुसार आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इतर प्रचण्ड र माधव पक्षको बिद्यार्थी भेला आयोजना गरिएको बताइएको छ ।
नेतृत्वमाथि दबाबद सिर्जना गर्न ओली कै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमकको केन्द्रविन्दु तथा प्रदेश एककै ठुला मध्येको एक दमक बहुमुखी क्याम्पसमा यस किसिमको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको एक जना बिद्यार्थी नेताले बताए ।

उनका अनुसार सो भेलामा सहभागी हुन प्रदेश एकका विभिन्न जिल्लाबाट विद्यार्थी नेताहरु दमकमा केन्द्रित भएका थिए । कार्यक्रममा ७ सय बढी बिद्यार्थी नेता कार्यकर्ताहरु सहभागी भएका छन् । भेलालाई पार्टी नेताहरु इन्द्र आङबो, रविन कोइराला, बिद्यार्थी नेताहरु रञ्जित तामाङ, वसिम आलम, सुदेश पराजुली लगायत नेताहरुले सम्बोधन गरेका छन् ।

पार्टीको केन्द्रिय नेतृत्वमा अध्यक्ष ओलीले पार्टीलाई विधि र प्रकृयामा नचलाई स्वैच्छाचारी प्रवृत्ति लादेको भन्दै अर्का उनी इतरमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सच्चिन दबाब दिदैं आएका छन । प्रदेश १ अन्तर्गत मोरङमा हिजो ओली पक्ष युवाहरुको भेला आयोजना भए लगत्तै काउण्टर दिन ओली इतर समुहले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको क्षेत्रमा आज सो भेला आयोजना गरेको हो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...