शिवसताक्षीमा संघीय दलित शिल्पी मञ्च गठन सम्पन्न

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा दलित शिल्पी मञ्च गठन कार्यक्रम सम्पन्न भएको हो ।

दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर र महासचिव शर्मिला वागचन्दको विशेष उपस्थितिमा आज दुधेको सैनिक भवनको प्राङगणमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि तीन दर्जन दलित अगुवा लगायत महानुभावहरु संघीय मञ्चमा प्रवेश गरेका छन् ।

गणेश भित्रीकोटीको अध्यक्षतामा २३ सदस्यीय संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको लिम्बुवान मञ्चका केन्द्रीय सचिव राजु राईले जानकारी दिएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा प्रमिला बराइली, उपाध्यक्षहरुमा मिना बिक, इन्दीरा दर्नाल, सचिवमा दिनेश सिवा, सहसचिवमा धनबहादुर विश्वकर्मा, कोषाध्यक्षमा चन्द्र बि.क., सदस्यहरुमा क्रमशः प्रताव बिक, लीलाकुमारी सिवा, कुमार बिक, विष्णु लुवागुन, कोपिला बर्देवा, कमला विश्वकर्मा, सरोज बराइली, विष्णु दर्जी, सकल देव ठाकुर, दीप आर्ट, चन्द्र बिक, जय सिं नेपाली, शरण बहादुर बिक, याम रसाइली र अन्जु नेपाली रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मञ्चका उपाध्यक्ष इम्बुङ्ले निर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुहुँदै अबिर लगाई कार्यसफलताको शुभकामना तथा बधाई दिनु हुँदै पहिचान र सहअस्तित्वको यात्रामा दलित शिल्पीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने भएको हुँदा राजनीति मुद्दामा केन्द्रित भई आफ्नो मुक्तिको लागि राज्यसँग लड्ने प्रेरणा मञ्चले दिने बताएका छन् ।

कार्यक्रममा लिम्बुवान मञ्चका सचिव तथा एल.भी. प्रवक्ता राजु राई, सचिवालय सदस्य सुख बहादुर थेगिम, संघीय सदस्य चन्द्र कन्दङ्वा, नन्दु मेन्याङ्बो, सुर्य लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

(तस्वीरः शर्मीला वागचन्दकाे फेसबुकबाट)

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...