भेडेटार-रवि-राँके सडक निर्माण समय मै सक्न सराेकारवालाहरूकाे अनुराेध

 लिम्बुवान न्युज
                       

पाँचथर।पाँचथर, माेरङ र धनकुटाको संगम स्थल ६ न. बुधबारेमा भेडेटार-रवि-राँके सडक योजना सम्बन्धमा सरकार पक्ष, ठेकेदार र सरोकार त्रिपक्षीय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ताेकिएकै समयमा काम सम्पन्न हुनेमा सराेकारवालाहरूकाे चासाे भएपछि यस्ताे कार्यक्रम राखिएकाे हाे ।

एक्जिम बैंक अफ इन्डियाबाट ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरि ने. रु. ३ अर्ब ६५ कराेड ८४ लाख ९५ हजार ५७२ रूपैयाँ लागतमा कालोपत्रे ७ मिटर, सोल्डर दुबै तर्फ १ र १ मिटर सहित ९ मिटर गरि जम्मा १००.३६७ कि.मि. लामो सडक एप्को इन्फ्राटेक प्रा. लि. लखनाउ, भारतले १९ नोभेम्बर, २०१८ मा सम्झौता गरि २०२२ सेप्टेम्बर २४ भित्रमा काम सम्पन्न गर्नु पर्नेमा अहिले सम्म १२.८३ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२०७५ फाल्गुन ३ गते गठित भेडेटार-रवि-राँके सडक निर्माण अनुगमन मुल समितिले समयमै काम सम्पन्न हुन नसक्नुका कारण सहितको सुची तयार गर्दै समयमै काम सम्पन्न गर्नका लागि नेपाल सरकार र ठेकदार पक्षलाई अनुरोध गरिएको सरोकारवालाका प्रतिनिधि जेन्टल लावतीले जानकारी दिएका छन् ।

सरकार पक्षको कमजोरीहरुः
१. सामुदायिक बन भित्र पर्ने १३ कि. मि. सडक निर्माण गर्न सरकारले उचित वातावरण समयमै नगरेको,
२. ४ कि. मि. सडक भित्र पर्ने घरहरु ब्यवस्थापन गर्न सरकारले ढिलो गरेको,
३. मिक्दालाजुडकाे दाडे गौडा सडक बिबाद समधान गर्न नसकेको,
४. ईन्डियाबाट सडक निर्माणका लागि आउने ५१ प्रतिशत समान नाकामा सरकारले टाइट गरेको
आदि ।

ठेकेदार पक्षका कमजोरीहरुः
१. विवाद रहित ठाउँमा पनि काम ढिलो गरेको,
२. मापदण्ड अनुरुप काम नगरेको,
३. स्थानीय सरकार र सरोकार पक्ष सङ्ग समन्वय गर्न नसकेको,
४. जनशक्ति प्रयोग गर्न नसकेको,
५. पेटी ठेक्का गर्नेहरुलाई रकम भुक्तानी नगरेको
आदि ।
प्रदेश १ को आर्थिक मेरुदण्डका रुपमा लिएको भेडेटार, रबि, राके सडकले धनकुटा, मोरङ, इलाम र पान्थर जिल्लालाई समेट्छ । जुन बाटो समयमै सकिनु पर्दछ । यो र त्यो बहनामा सरकार पक्ष र ठेकेदार पक्षले विकासे कार्यहरू ढिला गर्न हुन्न भन्ने सरोकारवालाको बुझाइ रहेकाे छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...