नेपाली क्रिकेट टिमको प्रशिक्षकमा ह्वाटमोर नियुक्त

 लिम्बुवान न्युज
                       

काठमाडौं। एक बर्ष पछि नेपाली क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सिफारिस गरि पठाएकोमा आज एक विज्ञप्ति जारी गर्दै क्यानले ह्वाटमोरको नियुक्ति गरिएको पुष्टि गरेको छ ।

पूर्व श्रीलंकन राष्ट्रिय खेलाडी ह्वाटमोरको सम्झौता पहिलो चरणमा एक वर्षको हुनेछ । उनले पारिश्रमिक स्वरुप कम्तिमा १० हजार भन्दा बढी अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।

६६ बर्षीय ह्वाटमोरको उमेरमा आइसीसीलाई कुनै आपत्ति नरहेको साथै सम्झौता अवधिमा पनि आइसीसीले कुनै चासो राखेको छैन ।

नेपाली क्रिकेट टोलीको पछिल्लो खेल स्तर खस्किदो अवस्थामा रहेको छ भने ब्याटिङ् तर्फ पुरानै समस्या छ । त्यसलाई मध्यनजर गर्दै ब्याटमा सुधार ल्याउन पनि क्यानले वाटमोरलाई ल्याउने सोचमा पुगेको बुझिएको छ । सम्झौता १ बर्षको हुने त्यसपछि टोलीमा उनको प्रभाव देखिए सम्झौता थपिन सक्ने बताइएको छ ।

नेपाली टिमको मुख्य प्रशिक्षक बन्नका लागि ७२ जनाले नाम आवेदन दिएका थिए भने सर्ट लिस्टमा १५ जनाको नाम सिफारिस भएपछि अन्तरवार्तामा बोलाएको थियो तर १२ जना मात्र अन्तरवार्तामा उपस्थित थिए । नेपाली क्रिकेट झण्डै एकवर्ष देखि विदेशी प्रशिक्षक विहिन रहेको छ ।

हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का मुख्य प्रशिक्षक जगत टमटाले सम्हाल्दै आएका छन् । नेपाली क्रिकेट टोली हाल कीर्तिपूर टियू मैदानमा बन्द प्रशिक्षणमा छ । नेपालले आगमी मार्चमा ओमानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसिय त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...