नेपाली क्रिकेट टिमको प्रशिक्षकमा ह्वाटमोर नियुक्त

 लिम्बुवान न्युज
                       

काठमाडौं। एक बर्ष पछि नेपाली क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सिफारिस गरि पठाएकोमा आज एक विज्ञप्ति जारी गर्दै क्यानले ह्वाटमोरको नियुक्ति गरिएको पुष्टि गरेको छ ।

पूर्व श्रीलंकन राष्ट्रिय खेलाडी ह्वाटमोरको सम्झौता पहिलो चरणमा एक वर्षको हुनेछ । उनले पारिश्रमिक स्वरुप कम्तिमा १० हजार भन्दा बढी अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।

६६ बर्षीय ह्वाटमोरको उमेरमा आइसीसीलाई कुनै आपत्ति नरहेको साथै सम्झौता अवधिमा पनि आइसीसीले कुनै चासो राखेको छैन ।

नेपाली क्रिकेट टोलीको पछिल्लो खेल स्तर खस्किदो अवस्थामा रहेको छ भने ब्याटिङ् तर्फ पुरानै समस्या छ । त्यसलाई मध्यनजर गर्दै ब्याटमा सुधार ल्याउन पनि क्यानले वाटमोरलाई ल्याउने सोचमा पुगेको बुझिएको छ । सम्झौता १ बर्षको हुने त्यसपछि टोलीमा उनको प्रभाव देखिए सम्झौता थपिन सक्ने बताइएको छ ।

नेपाली टिमको मुख्य प्रशिक्षक बन्नका लागि ७२ जनाले नाम आवेदन दिएका थिए भने सर्ट लिस्टमा १५ जनाको नाम सिफारिस भएपछि अन्तरवार्तामा बोलाएको थियो तर १२ जना मात्र अन्तरवार्तामा उपस्थित थिए । नेपाली क्रिकेट झण्डै एकवर्ष देखि विदेशी प्रशिक्षक विहिन रहेको छ ।

हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का मुख्य प्रशिक्षक जगत टमटाले सम्हाल्दै आएका छन् । नेपाली क्रिकेट टोली हाल कीर्तिपूर टियू मैदानमा बन्द प्रशिक्षणमा छ । नेपालले आगमी मार्चमा ओमानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसिय त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...