माङ्सेबुङ् १ पाटीगाउँमा सिंचाइ योजनाको शिलान्यास

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ। इलाम जिल्लाको माङसेबुङ १ मा फूङखोला पाटीगाउँ सिंचाइ योजनाको एक कार्यक्रम बिच शिल्यानास भएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्बाट शो सिंचाइ योजनाको आज शिल्यानास भएको हो ।

स्वीस सरकार विकास सहयोगमा साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार गाउँपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताको १० प्रतिशत सहभागिताबाट बन्ने उक्त सिंचाई निर्माणमा ३२ लाख १४ हजार दुईसय पैतालिस रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष इधिङ्गोले जनाएका छन् ।

सो फूङखोला पाटीगाउँ सिंचाई योजनाले वडा नं. १ का एकसय घरधुरी लाभान्वित हुनेछन् । साे क्षेत्रको करिब ३ सय रोपनी खेती योग्य जमिनमा सिंचाइ गर्न सकिने माङ्सेबुङ् गाउँपालिकाकाे कृषि शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...