नरेन्द्र आङबुहाङ ९४औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा तङसिङ अनुष्ठान सम्पन्न

 लिम्बुवान न्युज
                       

विर्तामोड। किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको आयोजनामा कियाचु भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङबुहाङ ९४ औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा , तङसिङ अनुष्ठान समारोह चुम्लुङ्हिम् कार्यालय परिसरमा सम्पन्न भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् केन्द्रीय सल्लाहकार जित बहादुर लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कियाचु केन्द्रीय सदस्य पुर्ण हाङस्रोङ, हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन, कियाचु लिम्बुवान प्रदेश सदस्य इक्साहाङ चेम्जोङ, कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य अमृत योङहाङ, कियाचु बिर्तामोड कार्य समिति अध्यक्ष धर्म लक्सम्बा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

किरात याक्थुङ् चुम्लुङको कार्यालय भवन निर्माण गर्न १ कट्ठा ७ धुर जग्गा र भवन निर्माण आर्थिक रकम समेत उपलब्ध गराई दिनुहुने दिवंगत प्रातस्मरणीय दानवीर स्व. नरेन्द्र बहादुर आङ्बुहाङको जीवनचर्चा विशेष आमन्त्रित किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष भक्त खेवाङ्ज्यूले गर्नुभएको थियो । कार्यक्रममा चुम्लुङ्हिम् परिसरमा स्थापना गरिएको स्व. नरेन्द्र बहादुर आङ्बुहाङ् र वहाँका धर्मपत्नी स्व. कमलादेवी आङ्बुहाङको अर्धकद्को शालिकमा माल्यार्पण गरिएको थियो ।

सोही अवसरमा चुम्लुङ् झापाको रिक्त पदमा मनोनित ४ जना सदस्यहरू कालीबहादुर खेवाङ्, सन्तोष योङ्या, प्रेमचन्द्र लिम्बू र डिल्लीश्वर मुसाहाङ् लाई पद तथा गोपनियताको सपथग्रहण प्रमुख अतिथि लावतीले गराउनुभएको थियो ।

कार्यक्रममा झापा जिल्लाका नगर, गाउँ र वडाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेकोे थियोे भने तङ्सिङ् अनुष्ठान स्थानीय साम्बा लालबहादुर लिम्बुले मुन्धुम वाचन सहित सम्पन्न गरेका थिए ।

समारोह तथा अनुष्ठान कियाचु कार्यवाहक अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षता साथै स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष गुमानसिं सम्बाङफे राखेका थिए भने कार्यक्रम संचालन जिल्ला सह–सचिव कबिन्द्र सेर्माले गरेका थिए ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...