वडावडामै अपाङ्गता परिचयपत्र वितरण गर्दैः माङसेबुङ गाउँपालिका

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले वस्तीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन गर्ने भएको छ ।

पालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गर्न लागेको हो ।

पौष ८ देखि १३ गतेसम्म सबै वडामा विशेषज्ञ डाक्टरसहितको टोलिले सम्बन्धित वडामा नै गएर शिविर संचालन गर्दै अपाङ्गता परिचयपत्र वितरण गर्न लागिएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । वडावडामा नै पुगेर अपाङ्गताहरुलाई परिचयपत्र विरतण संगै स्वास्थ्य जाँच गर्दा सेवाग्राहीलाई सहज हुने भएकाले शिविर संचालन गर्न लागिएको इदिङ्गोले बताए ।

गाउँपालिकाले ८ गते वडा नम्बर १ को वडा कार्यालय, ९ गते वडा नम्बर ३ को चतुरेमा, १० गते वडा नम्बर ४ को वडा कार्याला, ११ गते वडा नम्बर ५ को भालुटार, १२ गते वडा नम्बर ६ को चिसोपानी पंचमी बजार र १३ गते वडा नम्बर २ को वडा कार्यालयमा शिविर संचालन गर्ने जनाएको छ ।

शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएकाहरुको परिचयपत्र प्रतिस्थापन गरेर नयाँ वितरण गरिने र नयाँ अपाङ्ता भएका व्यक्तिलाई नयाँ परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । पालिकाको अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।
शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएका व्यक्तिहरुलाई आफ्नो परिचयपत्र अनिवार्य ल्याएर आउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...