छथर गाउँपालिकाले सांस्कृतिक पर्वहरुमा दियो सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

  • प्रकाश पाक्सावा

तेह्रथुम। तेह्रथुम जिल्ला छथर गाउँपालिकाले स्थानीय चाडपर्वहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पौष ९ गते सार्वजनिक सुचना जारी गर्दै विभिन्न सांस्कृतिक पर्वको दिन विदा दिएको हो ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ फ (१) को ब्यावस्था, आ.व.०७७र०७८ को स्वीकृत नीति तथा कार्यक्रमको बुंदा नम्बर ४३ को व्याख्या र गाउँसभाको नीतिगत निर्णय अनुसार गाउँपालिका अध्यक्षको पत्रद्वारा आदेश बमोजिम स्थानिय विदा दिईएको सुचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले राष्ट्रिय विदाले नसमेटीएका गाउँपालिका क्षेत्रभित्र मानिने प्रमुख पर्वहरू माघे सक्रान्ति (कक्फेक्वा तङनाम), उधौलि पर्व, कृष्मस डे, सोनाम लोसार, महाशिवरात्री पर्व, ग्याल्बो लोसारका लागि सार्वजानिक विदा दिएको छ ।

गाउँपालिका भित्र रहेका मेला पर्व, भाषा, कला, संस्कार संस्कृतिहरूको संरक्षण, प्रवद्र्धनका लागि प्रचलित कानुन अनुसार स्थानिय विदा दिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...