सुनिता र इन्द्रशुसिलको छथरे पाःलाम ‘फुङ हेक्के नुमा’ सार्वजनिक
आइतबार, १२ पुष, २०७७ बिहानको ०६:४८ बजे,
लिम्बुवान न्युज
दमक। पुर्वेलि लोक गायक ईन्द्र सुशील चोङबाङ र चर्चित गायिका सुनिता थेगिमको आवाजमा सजिएको छथरे लिम्वू भाषाको पालाम् ‘फुङ हेक्के नुमा’ सार्वजनिक भएको छ । भरत थोक्लेनको शब्द संकलन तथा सन्तोष तिगेला (छथर गाउँपालिका अध्यक्ष) को निर्माणमा तयार भएको पालामको लय सिर्जना भने गायक ईन्द्र सुशील चोङबाङको रहेको छ ।
पान्थरे, फेदापे लिम्बू भाषाको गित संगीत र पालाम् सुनिरहेका स्रोता तथा दर्शकहरुका लागि यो कोशेलि नयाँ हुन सक्छ । प्राय गीत र पालामहरु पान्थरे र फेदापे भाषाका मात्र रेकर्डिङ भईरहेको यो सन्दर्भमा भने छथरे लिम्बूहरुले प्रयोग गर्ने भाषाको रेकर्डिङ भएको यो दोस्रो पालाम् हो ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ र किङग् स्टुडियोमा रेकर्डिङ गरिएको सिमिक्लुङ दर्पणको प्रडक्सनमा तयार भएको लिरिकल लिप्सिङ भिडियोलाई गंगाराम राईले छायाँकन तथा सम्पादन गरेका हुन् ।
यस भन्दा अघि ६६ सालमा दिल पाक्साङ्वाको शब्दमा निरविन्दु थोक्लेन र मनु पाक्साङ्वाको आवाजमा छथरे लिम्बू लयको पालाम् रेकर्डिङ भएको थियो । धनकुटा र तेह्रथुम क्षेत्रमा प्रयोग गरिने यस भाषालाई टपक्क टिपि पालामको माध्यमबाट प्रस्तुत गरिएको छ । यो पालाम ूसिमिक्लुङ दर्पण ूयुट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...
ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...