कियाचूद्वारा लछामी सेर्मा, थाकुहाङ मेरीङ र रवि सेर्मा पुरस्कृत हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर। किरात याक्थुङ् चुम्लुङ्ले तीन स्रष्टाहरुलाई चासोक तङ्नामको अवसर पारेर पुरस्कृत गरेको छ । लामो समयदेखि लिम्बु समुदाय प्रति आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कियाचूले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

लिम्बु भाषा साहित्यमा कलम चलाई रहेका लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई कियाचु इमानसिङ चेम्जोङ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई ‘येवोकरक’ कृतिबाट यस बर्षको इमानसिङ् चेम्जोङ् पुरस्कारबाट पुरस्किृत हुने भएका हुन् ।
उक्त पुरस्कार लेखक पापोलाई इतिहासकार इमानसिङ चेम्जोङको ११८ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिएको हो ।

यसैगरी लामो समय देखि लिम्बु भाषा साहित्यमा लागिपर्नु भएका लेखक तथा सहित्यकार थाकुहाङ मेरिङ सङबाङफेलाई यस बर्षको कियाचु–किरात सिरीजंगा पुरस्कार प्रदान गरिने भएको छ ।
साहित्यकार मेरिङका हालसम्म ८ वटा कृतिहरु प्रकाशन भएका छन् । उक्त पुरस्कार तेअङ्सि सिरीजंगा सिं थेवेको ३१६औं जन्मजयन्तीको अवसरमा प्रदान गरिएको हो ।

थुप्रै म्यूजिक भिडियो तथा चलचित्रहरु निर्देशन गरिसकेका निर्देशक रणबिर सेर्मा(रवि)लाई यस बर्षको कियाचु उदयकला पुरस्कार प्रदान गरिने भएको छ । लिम्बु भाषाका गीत तथा चलचित्रहरुको सफल निर्देशन गरेका लिम्बुको निर्देशनमा बहुचर्चित चलचित्र ‘केःवा कोक्मा’ का बनेको छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको सचिवालयले लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई कियाचु–इमानसिङ चेम्जोङ पुरस्कार, त्यसैगरी थाकुहाङ मेरिङ सम्बाहाम्फेलाई कियाचु–किरात सिरीजंगा पुरस्कार र रणविर सेर्मा (रवि)लाई यस बर्षको कियाचु उदयकला पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

साथै पुरस्कृत तीन श्रस्टाहरुलाई आदिवासी लिम्बू समुदायको राष्ट्रिय चाड चासोक तङनामको अवसरमा आज भर्चूअलबाट घोषणा गरि वितरण गरिने किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...