शेयर बजार आज यो बर्षकै उच्च विन्दुमा

 लिम्बुवान न्युज
                       

काठमाडौं। शेयर बजारको परिसूचक २५ अंकले बढेसँगै यो बर्षकै उच्च विन्दुमा पुगेको छ । आज सो अंकको वृद्धिपछि नेप्से २ हजार ८७ अंकमा पुगेको छ ।

कारोबार बन्द गर्ने समयसम्ममा कारोबार भएको हुँदा यो अंक अहिलेसम्मकै उच्च हो । केही दिन अघि मात्र नेप्सेले २ हजार ७९ अंकको उच्च रेकर्ड बनाएको थियो ।

आज ५ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । नेप्से बढ्नुमा बैंकिङ समूहको नै मुख्य भूमिका रह्यो । बैंक समूह ३० अंकले बढेको छ ।

त्यस्तै ब्यापार समूह १८७, होटल १, विकास बैंक १४, जलविद्युत ४, फाइनान्स ४, उत्पादन २, अन्य २३, जीवन बीमा समूह १७२ अंकले बढेका छन् । माइक्रोफाइनान्स समूह १ अंकमुनि हरियो रह्यो भने निर्जीवन बीमा समूह ९६ अंकले घटेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाएका छन् । त्यस्तै एभरेष्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ ।

 

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...