दमक एण्डभान्स हस्पिटलको अध्यक्षमा पुनलः माधव पराजुली

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक ६ मा संचालित एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा माधव पराजुली चुनिएका छन् । अस्पतालको आफ्नै सभाहलमा आज सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय अस्पताल सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना, सचिवमा परशुराम खरेल रहेका छन् भने सदस्यहरूमा डा. अनिल थापा, दीपक खरेल, डा.केपी सुबेदी, ऐश्वर्या तिम्सिना, भूपालराज कटुवाल र नारायण केसी रहेको अस्पतालका प्रशासक चैतन्य बरालले जानकारी दिए ।

यस्तै साधारण सभाले अस्पतालको नयाँ भवन बनाउने तथा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने निर्णय समेत पारित गरेको समितिका निर्वाचित सदस्य दीपक खरेलले बताए । उक्त साधारणसभाबाट नवनिर्वाचित अध्यक्ष पराजुलीले अस्पतालमा थप सेवा सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । उनले साधारण सभाले पारित गरेका योजनाहरू अंक्षरस पालना गराउन आफू दत्तचित्त भएर लाग्ने बताए । “अस्पतालले दमक लगायत छिमेकी स्थानीय तहका सेवाग्राहीहरूलाई समयानुकूल सेवाहरू पुरयाँउन सदैव प्रतिवद्ध रहनेछ”–उनले वताए ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...