काठमाडौंमा २३ दलीय मोर्चाको विरोध प्रदर्शन

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रतिनिधि संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै २३ दलीय मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेको छ । मोहन वैद्य किरणको नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को नेतृत्वमा विरोध सभा भएको हो ।

प्रधानमन्त्री केपी ओलीले संविधानसभाको मर्म विपरित गरेको असंवैधानिक कदमले देशमा राजनीतिक द्वन्द्व सिर्जना भएको आन्दोलनकारीहरुले बताएका छन् । देशमा स्थायी शान्ति र अमनचयन कायम गर्न जनताले दिएको दुई तिहाई बहुमतको दम्भले यतिबेला सत्तारुढ नेकपा दुई टुक्रा भएको छ ।

यस मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्ध माइतीघर मण्डला देखि नारावाजी गर्दै नयाँ बानेश्वर पुगेकोको थियो । मोर्चाका नेताहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ समेत भनेका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...