१ नम्बर प्रदेशले जित्यो प्रधानमन्त्री महिलाका क्रिकेटको उपाधि

,   लिम्बुवान न्युज
                       

दमक। प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । दाङको लमहीमा आज आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो ।

प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।

एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । प्रदेश १ का लागि रुवीना क्षेत्री र एलिसा खडियाले दुईरदुई विकेट लिए ।

सअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ र रुवीना क्षेत्रीले १८ रन बनाए । उपाधिसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको एपीएफले तीन लाख र सेमिफाइलनमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले २५र२५ हजार रुपैयाँ पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;