१ नम्बर प्रदेशले जित्यो प्रधानमन्त्री महिलाका क्रिकेटको उपाधि

 लिम्बुवान न्युज
                       

दमक। प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । दाङको लमहीमा आज आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो ।

प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।

एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । प्रदेश १ का लागि रुवीना क्षेत्री र एलिसा खडियाले दुईरदुई विकेट लिए ।

सअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ र रुवीना क्षेत्रीले १८ रन बनाए । उपाधिसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको एपीएफले तीन लाख र सेमिफाइलनमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले २५र२५ हजार रुपैयाँ पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...