दमक जेसीज अध्यक्षमा पक्कापक्की हुँदै निरज आचार्य

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजमा युवा व्यवसायी निरज आचार्य अध्यक्षमा निर्वाचित हुने पक्कापक्की जस्तै भएका छन् । दमक जेसीजको विभिन्न पदहरुमा रहेर सफल नेतृत्व गरिसकेका अघिल्लो बर्षको चुनावमा अध्यक्षको प्रत्यासी समेत रहेका आचार्य यो बर्ष आफू अध्यक्ष बन्नेमा ढुक्क छन् ।

सन् २०१० मा दमक जेसीजले सम्पन्न गरेको राष्ट्रिय महाधिवेशनबाट जेसीजमा प्रवेश गरेका आचार्यले सन् २०१६ मा भि.पि. त्यसैगरी सन् २०१८ मा इ.भि.पि., जनसम्पर्क अधिकारी र प्रकरण निर्देशक जस्तो पदहरुमा रहेर दमक जेसीजमा सफल नेतृत्व गरिसकेका छन् । असल, निष्ठावान आफूलाई दिईएको जिम्मेवारी सफलतापूर्ण सम्पन्न गर्ने, बौद्धिक क्षमता भएका दमकका उदयमान व्यवसायी आचार्यको दमक जेसीजमा यो बर्ष अध्यक्ष पक्कापक्की नै हुने दावी गर्छन् ।

केही दिन देखि दमक जेसीजको अध्यक्षमा सर्वसम्मत गर्ने पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको प्रयास भईरहेको वताइएको छ । तर हालसम्म टुंगो लागेको छैन । अध्यक्षमा आचार्य संगै सुयोग खरेलको पनि बजारमा चर्चा चलेको छ ।

विगत जस्तो यो बर्ष दमक जेसीजले गतिविधि गर्न नसकेको आवाज बजारमा गुन्जिरहेको बेला आफू अध्यक्षमा निर्वाचित भए दमक जेसीजमा थप महत्वपूर्ण कार्यहरु गर्ने अध्यक्ष प्रत्यासी आचार्य बताउँछन् ।

जेसीज युवाहरुमा ब्याक्तित्व र नेतृत्व विकाससंगै बौद्धिक क्षमता अभिवृद्धि गराउने र सामाजिक क्रियाकलापमा पनि सक्रिय रहदै आएको संस्था हो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;