काँकरभिट्टामा प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

  • भूमिका फियाक

काँकरभिट्टा। झापाको काकरभिट्टामा शुक्रबारदेखि प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । मेची ब्याडमिन्टन क्लब काकरभिट्टाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रदेश १ का सबै जिल्लाबाट टिम सहभागि हुने निश्चित भएको हो ।

संयोजक हरि तिम्सिनाका अनुसार पुस २३, २४ र २५ गते काकरभिट्टास्थीत मेची सामुदायिक भवनमा सञ्चालन हुने प्रतियोगितामा ११६ जना खेलाडीहरुको सभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत मेन्स डबल्स र भेट्रान डबल्स इभेन्टहरु सञ्चालन हुनेछन् ।

मेचीनगर नगरपालिका प्रायोजक र नेपाल बहुउद्देशीय सहकारी संस्था सहप्रायोजक रहेको प्रतियोगिताको मेन्स डबल्स तर्फको बिजेता टिमले ५० हजार, दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनेले २० हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक तिम्सिनाले जानकारी दिए ।

त्यस्तै भेट्रान तर्फको बिजेता टिमले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख ५० हजार रकम खर्च हुने र मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार काकरभिट्टा स्थीत मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गर्ने छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...