कैलाली गोदावरीमा संघीय दलित शिल्पी मञ्च गठन

 लिम्बुवान न्युज
                       

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको गोदावरीमा नगर समिति गठन भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत यतिबेला कैलालीको विभिन्न स्थानीय तहमा मञ्चको संगठन तिब्र गठन गर्ने क्रममा आज गोदावरी नगर समिति गठन भएको छ ।

आज गोदावरी नगरपालिकामा श्याम नेपालीको संयोजकत्वमा संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । उक्त समितिको सचिवमा दिलिप सिंह बिक, सदस्यहरुमा क्रमशः देव नेपाली, मनोज बिक, राजिव सुनार, बिक्रम विक, गणेश विक, सीता नेपाली, सेतु विक, ममता नेपाली, करण नेपाली, हर्क बिक, चक्र विक र शंकर नेपाली रहेका छन् ।

यसैगरी सोही कार्यक्रमले संघीय दलित शिल्पी महिला मञ्च गोदावरी नगर समिति बर्षा विकको संयोजकत्वमा गठन भएको छ । सचिवमा लक्ष्मी नेपाली, सदस्यहरुमा क्रमशः पुजा बिक, पुनम देवी विक, लक्ष्मी विक, खिना बिक, कालीदेवी विक, सरस्वती आहुजि, निर्मला देवी नेपाली, गीता बिक, लक्ष्मी विक, गीता नेपाली, जुना मिजार र गंगा बिक रहेका छन् ।

मञ्चको संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको नेतृत्वमा मेचीकाली अभियान अन्तर्गत गत पुष १४ गते दमक देखि शुरु भएको कार्यक्रम अहिले सुर्खेत हुँदै कैलालीमा आइपुगेको मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले बताइन् । उक्त अन्तरक्रिया तथा राजनैतिक भेटघाट कार्यक्रममा मञ्चको राजनैतिक दस्तावेज समेत वितरण भइरहेको मञ्चका संघीय सचिव योङहाङ् बताइन् ।

पहिलो चरणको मेचीकाली अभियान पुष २८ गते चितवनमा पुगेर अन्त्य हुने बताइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;