कैलाली गोदावरीमा संघीय दलित शिल्पी मञ्च गठन

 लिम्बुवान न्युज
                       

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको गोदावरीमा नगर समिति गठन भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत यतिबेला कैलालीको विभिन्न स्थानीय तहमा मञ्चको संगठन तिब्र गठन गर्ने क्रममा आज गोदावरी नगर समिति गठन भएको छ ।

आज गोदावरी नगरपालिकामा श्याम नेपालीको संयोजकत्वमा संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । उक्त समितिको सचिवमा दिलिप सिंह बिक, सदस्यहरुमा क्रमशः देव नेपाली, मनोज बिक, राजिव सुनार, बिक्रम विक, गणेश विक, सीता नेपाली, सेतु विक, ममता नेपाली, करण नेपाली, हर्क बिक, चक्र विक र शंकर नेपाली रहेका छन् ।

यसैगरी सोही कार्यक्रमले संघीय दलित शिल्पी महिला मञ्च गोदावरी नगर समिति बर्षा विकको संयोजकत्वमा गठन भएको छ । सचिवमा लक्ष्मी नेपाली, सदस्यहरुमा क्रमशः पुजा बिक, पुनम देवी विक, लक्ष्मी विक, खिना बिक, कालीदेवी विक, सरस्वती आहुजि, निर्मला देवी नेपाली, गीता बिक, लक्ष्मी विक, गीता नेपाली, जुना मिजार र गंगा बिक रहेका छन् ।

मञ्चको संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको नेतृत्वमा मेचीकाली अभियान अन्तर्गत गत पुष १४ गते दमक देखि शुरु भएको कार्यक्रम अहिले सुर्खेत हुँदै कैलालीमा आइपुगेको मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले बताइन् । उक्त अन्तरक्रिया तथा राजनैतिक भेटघाट कार्यक्रममा मञ्चको राजनैतिक दस्तावेज समेत वितरण भइरहेको मञ्चका संघीय सचिव योङहाङ् बताइन् ।

पहिलो चरणको मेचीकाली अभियान पुष २८ गते चितवनमा पुगेर अन्त्य हुने बताइएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...