झापा स्पोर्टस अवार्ड फाल्गुन २८ मा हुने

 लिम्बुवान न्युज
                       

बिर्तामाड। नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो ।

२०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।

अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । प्रदेश नम्बर १ मै चौथोपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । साविक मेची अञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

वर्ष खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ । पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

विगतमा झैँ वर्ष खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा अवार्ड मुल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मुल आयोजक समितिका सदस्य रहनेछन् ।

मञ्चका सदस्य सचिन सुब्बाको संंयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा नमिन ढकाल र चिरञ्जीवी घिमिरे छन् । मञ्चका अध्यक्ष खरेल र सचिव अर्जुन राजवंशी पदेन सदस्य रहनेछन् ।

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष अमित खम्बू संयोजक रहेको स्वयमसेवक उपसमिति, सहसचिव भूमिका सुब्बा संयोजक रहेको प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष राजु पौडेल संयोजक रहेको आर्थिक उपसमिति, कार्यसमिति सदस्य विनोद पाण्डे संयोजक रहेको प्राविधिक उपसमिति र सदस्य बुद्ध तामाङ संयोजक रहेको अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति गठन गरिएको छ ।

गत वर्ष पुरुषतर्फ शारीरिक सुगठनका उमेश राई, महिलातर्फ करातेकी एस्तर राई, युवातर्फ क्रिकटकी अप्सरी बेगम, र प्रशिक्षकतर्फ फुटबलका हरि खड्काले अवार्ड जितेका थिए । यसैगरी पिपल्स च्वाइसको अवार्ड फुटबलका कर्ण लिम्बूले जितेका थिए भने लाइफटाइम एचिभमेन्ट अवार्ड भलिबलका गणेशविक्रम नेम्वाङलाई प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...