दाङको घोराहीमा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा नक्षेत्र बहादुर बिक

 लिम्बुवान न्युज
                       

दाङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दाङको घोराहीमा राजनैतिक भेटघाट एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तरर्गत आज (आइतबार) सो कार्यक्रम आयोजना गरिएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई संघीय मञ्च सम्बद्ध १०+१ अन्तर्गत संघीय दलित शिल्पी मञ्चको विशेष पहलमा सो राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

मञ्चको ४ बर्षे राजनैतिक कार्यक्रम अन्तर्गत मेचीकाली राष्ट्रिय जागरण अभियानबाट मञ्चले आफ्नो दस्तावेज राजनीतिक एजेण्डालाई पुस्तकको रुपमा प्रकाशन गरेर देशका सबै प्रान्त तथा क्षेत्रहरुमा पु¥याउने लक्ष्यका साथ मेचीकाली अभियान शुरु गरिएको संघीय अध्यक्ष लिङ्देनले बताएका छन् ।
“अब देशमा नयाँ राजनीति दलको आवश्यकता भएको छ त्यो दल भनेको पहिचानवादी, संघीयवादी, सह–अस्तित्ववादी, धर्मनिरपेक्षतावादी र सबै जाती, भाषा, समुदाय र वर्गलाई समेटेर लान सक्ने विचार भएको पार्टीको आवश्यकता भएको हुँदा संघीय मञ्चले मात्र त्यो पुरा गर्ने भनेका छन्”– अध्यक्ष लिङ्देनले भने । उनले विशेष गरेर युवाहरुको भूमिका राष्ट्रिय निर्माणमा महत्वपूर्ण भूमिका हुनेभएको हुँदा आम युवाहरुले अब विचार गरेर मात्र अघि बढ्न आग्रह गरेका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रमले नक्षेत्र बहादुर बिकको संयोजकत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च घोराही तदर्थ समिति समेत बनेकोे छ । समितिको सदस्यहरुमा लाल बहादुर नेपाली, गुरु प्रसाद नेपाली, मिलन नेपाली, श्रीराम दमाई, माधवा श्रेष्ठ नेपाली, गीता सुनार, सुमित्रा नेपाली, सिवा रोक्का, किरनी रोक्का, सुमित्रा घर्ती, सुमीत्रा पुन, अमृता गुरुङ, गंगा पुन, राजकुमार चौधरी, रोशन चौधरी र सृजना चौधरीलाई चयन गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा मञ्चका संघीय अर्थ संयोजक विष्णु यक्सो, संघीय सचिवहरु शान्ता योङ्हाङ्, इन्दीरा मेन्याङ्बो, संघीय अर्थ सचिव दिपा लिम्बु, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, संघीय दलित शिल्पी मञ्चका महासचिव शान्ता वागचन्द लगायत मेचीकाली अभियानका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...