इलामको माङसेबुङ ३ मा पहिलोपटक सार्वजनकि सुनुवाई

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा ३ कार्यालयले पहिलोपटक सार्वजनकि सुनुवाई गरेको छ ।

वडा कार्यालयले संचालन गरेको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो ।

नागरिक र वडाको बीचमा दोहोरो सम्वाद स्थापित गरी जवाफदेहिताको संस्कार बसाउने र सार्वजनिक सेवा प्रवाह भरपर्दो र गुणस्तरयुक्त बनाउन नागरिकबाट रचनात्मक सुझाव लिने उद्देश्यले शनिबार पहिलो पटक सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष मैतराज राईले वडाले हालसम्म गरेका मुख्यमुख्य विकास निर्माणका कार्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै सहजकर्ता राम योङहाङले सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने सेवाग्राहीको अभिमत ९बहिर्गमन अभिमत०, सेवा लिंदा अनुभव गरेका, भोगेका र देखेका कुराहरूलाई उल्लेख गरी पृष्ठपोषण गर्ने पद्धति ९नागरिक प्रतिवेदन पत्र० अनुसारको प्रतिवेदन र नागरिक वडापत्रको आधारमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा १८ जना वडावासीले वडा अध्यक्षसामू विभिन्न गुनासो, जिज्ञासा र प्रश्नहरु राखेका थिए । उनीहरुले आफ्नो टोलमा सडक निर्माणका लागि बजेट विनियोजन नगरिएको, विद्युत विस्तारमा बजेट विनियोजन नगरिएको, खानेपानी व्यवस्थापनमा ध्यान नदिएको, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुविकास कार्यक्रममा पर्याप्त बजेट विनियोजन नगरिएको, सबै लक्षित वर्गका कार्यक्रम र बजेट कटौती गरिएको, वडा कार्यालयको टुङ्गो नलागेको, योजना छनौट र उपभोक्ता समिति गठन गर्दा आम उपभोक्ताको भेला नगरिएको लगायतका विषयमा दर्जनौ गुनासो, प्रश्न र सुझावहरु राखेका थिए ।

वडा अध्यक्ष राईले नागरिकहरुबाट प्राप्त भएका सुझाव तथा गुनासाहरूलाई ग्रहण गरी अगामी दिनहरूमा यथासम्भव सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

३ नम्बर वडा कार्यालयको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द आवाज मिडिया प्रा।लि। इलामले गरेको थियो । यो कार्यक्रम माङसेबुङ गाउँपालिका र वडाहरुमा पहिलो कार्यक्रम हो । हालसम्मा माङेबुङ गाउँपालिका र अन्य वडाले संचालन गरेको छैन ।

कार्यक्रमको स्वागत र औचित्य वडा सदस्य इन्द्रबहादुर लिम्बू र संचालन बुलन्द आवाज मिडिया प्रालिका प्रतिनिधि अतित योङहाङले गरेका थिए । कार्यक्रममा १ सय ९ जना वडाबासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ १०४.६ मेगाहर्जबाट भएको थियो ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...