विर्तामोडबाट चोरीका १४ वटा मोटरलाई सहित ७ जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक। तराईबाट मोटरसाइकल चोरी गरेर पूर्वी पहाडसम्म पुरयाउदै बिक्री गर्ने गिरोहलाई पुलिस पक्राउ गर्न सफल भएको छ । झापाको विर्तामोडमा बसेर पहाडसम्म चोरीका मोटरसाइकल पुरयाउने, बेचबिखन गर्ने धन्दामा संलग्न उनीहरुलाई इलामबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माइ नगरपालिका ६ का मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरको वडा २ का क्षिातिज भनिने रोशन तामाङ र वडा ८ का रोशन बुढाथोकी पाँचथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेका इलाका प्रहरी कार्यालय अनारमनीले आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट झापा लगायतका बिभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाकी १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेका जनाएको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउदै आइरहेको खुलेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन । मोटरसाइकल चोरी भएको उजुरी परेपछि पछिल्लो २४ घण्टामा प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्दै उनीहरुलाई पक्राउ गर्न सफल भएको डिएसपी मुकुन्द रिजालले बताए ।

एकै समयमा धेरै वटा मोटरसाइकल हराए पछि प्रहरीले यो घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले गत शनिवार पाँच जनालाई इलामबाट पक्राउ गरि झापा ल्याएको हो अन्य दुई जना झापाबाटै पक्राउ परेको बताइएको छ । पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;