माङसेबुङमा ट्याक्सी दुर्घटना हुदाँ ८ जना घाइते, घाइतेहरुको दमक नमस्ते पब्लिक हस्पिटलमा उपचार हुँदै

 लिम्बुवान न्युज
                       

माङसेबुङ। दमक चिसोपानि (फाल्गुनन्द) सडक अन्तर्गत माङसेबुङ ३ चतुरेमा आज बुधवार ट्याक्सी दुर्घटना भएको छ । चतुरे फोमी होटलदेखि ५ सय मिटर दक्षिणमा सो दुर्घटना भएको हो ।

दमक देखि गजुरमुखि जाँदै गरेको को १ ज ३२७४ नम्बरको ट्याक्सी मध्यान्हमा दुर्घटना भएको मान बहादुर बुढाथोकीले बताएका छन् । घाइते हुनेहरुमा ट्याक्सी चालक माङ्सेबुङ–१ का ५२ बर्षीय भक्ति प्रसाद लिम्बु, सोही वडाकि १५ बर्षकी एन्जिना लिम्बु, १७ बर्षकी समीक्षा लिम्बु, वडा नं. ३ की उमेर नखुलेकी सिर्जना लिम्बु, मिक्लाजुङ ४ मोरङकी सुमित्रा राई उनको ५ बर्षकी छोरी सेन्माङ राई र झापा शिवसताक्षीका १३ बर्षकी इक्सा लिम्बु रहेका छन् । घाइतेहरु मध्ये सृजना र सुमित्राको टाउँकोमा चोट लागेको बाँकी सबै सामन्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

अचानक ट्याक्सीमा ब्रेक फेल भई ब्रेक नलागेपछि नियन्त्रणमा लिन नसकेको हुँदा ट्याक्सी पल्टिएको चालक लिम्बुले बताएका छन् । चालक लिम्बुलाइकाे टाउकाेमा चाेट लागेकाे छ । ट्याक्सी पल्टिएको हुँदा पूर्ण क्षति भएको अन्य यात्रुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । उक्त ट्याक्सी माङ्सेबुङ १, इलामका मणिराज थेगिमको रहेको पुष्टि भएको छ ।


ट्याक्सी चालकः भक्ति प्रसाद लिम्बु

घाइतेः सुमित्रा र छाेरी सेन्माङ

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...