माङ्सेबुङकाे पञ्चमीबजारमा पत्रकारिता तालिम सम्पन्न

 लिम्बुवान न्युज
                       

माङसेबुङ्, ८ माघ । इलामको माङसेबुङ् ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । माङसेबुङ् वडापालिका ६ को आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि. इलामको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अथिति माङसेबुङ् ६ का वडासदस्य रामचन्द्र राईले प्रशिक्षार्थीहरुलाई शुभकामना दिँदै समाजमा भएको बेथिति, विसङ्गतीको बिरुद्ध लेख्न साथै सधै सत्यतथ्यको पक्षमा कलम चलाउनमा जोड दिए ।

तालिम समापन कार्यक्रममा चिसोपानी माविका शिक्षक सुदिप राईले तालिमलाई व्यवहारिक रूपमा उतार्न र पत्रकारिता पेशा निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए । माङसेबुङ २ का वडासदस्य रमा लिम्बू राईले पत्रकारिताको सिद्धान्तलाई पूर्ण पालना गरेर अघि बढ्न प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गरिन् ।

माङसेबुङ ६ स्थित बाँझो स्वास्थ्य चौकीका प्रमुख दमन्ता धमलाले पनि पत्रकारितामा लाग्न र सत्य तथ्य समाचारहरु लेख्न प्रशिक्षार्थीहरुलाई प्रेरणा दिएकी थिइन् ।

कार्यक्रममा सहभागीहरूको तर्फबाट जगत राईले आफूहरु तालिमले समाचार लेखनमा अघि बढ्न आत्मविश्वास जागेको र आफू लागि पर्ने प्रतिबद्धता समेत रहेको जानकारी गराएका थिए ।

सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि राईले प्रमाण पत्र वितरण गरेका थिए ।

आयोजकले प्रशिक्षकहरुलाई र सहयोगी संघसंस्थाहरूलाई कदर–पत्रले सम्मान गरेको थियो । भने प्रशिक्षार्थीहरूले प्रशिक्षकहरूलाई फूलको माला र मायाको चिनो प्रदान गरेका थिए ।

माघ २ बाट सुरु भएको तालिमले ग्रामिण पत्रकारितालाई उजागर गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजित बजेटबाट तालिम आयोजना गरिएको हरप्रहर मिडियाका कार्यकारी प्रमुख सुसन राईले जानकारी दिए ।

तालिमलाई फोनिज सघंीय सचिव कमन देवान, यलम्बर टाइम्सका प्रकाशक सम्पादक दिपिन राई, रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावती, सञ्चारकर्मी भूमिका फियाक लिम्बूले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता हरप्रहर मिडिया प्रा.लि का अध्यक्ष सुसिल कुमार राईले गरेका थिए भने कार्यक्रम संचालन संचारकर्मी भूमिका फियाकले गरेकि थिइन् ।

तस्वीरः भूमिका फियाकबाट

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;