दमकमा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता शुरू (हेर्नुहोस खेल तालिकासहित)

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा शुक्रबार)देखि प्रदेश एकको पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

दमक नगर भलिबल संघको आयोजनामा दमक २ स्थित हिमाबिको खेलमैदानमा हुने प्रतियोगिताको उदघाटन भलिबल संघ प्रदेश नं १ का उपाध्यक्ष खेम राईले उदघाटन गरेका छन् ।

भलिबल संघ १ नम्बर प्रदेश सदस्य समेत रहेका १ नम्बर प्रदेश रेफ्री रोशन दाहालका अनुसार प्रतियोगितामा एक नम्बर प्रदेश अन्तर्गतका कूल १७ वटा भलिबल टिमले भाग लिएका छन् ।

३ दिन सम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, दोश्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार समेत हात पार्ने आयोजक समिति अध्यक्ष तेजु धिमालले जानकारी दिए ।

खेल तालिका

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...