होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य

 लिम्बुवान न्युज
                       

दमक। होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य चयन भएका छन् । शुक्रबार भएको संघको प्रथम साधारणसभाबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा भक्तवहादुर बस्नेत, सचिवमा राम प्रसाद रिमाल, सहसचिवमा दयाशंकर आचार्य र कोषाध्यक्षमा शम्भुप्रसाद खतिवडा (रमेश) चुनिएका छन् । यस्तै सदस्यहरुमा क्रमशः हिरादेवी उप्रेती, राजेश अग्रवाल, राजकुमार गुप्ता,भरत प्रधान, अर्जुन कार्की र ज्ञाननाथ पौडेल (ज्ञानु) चुनिएका छन् ।

सोहि साधारणसभाले काशी थपलियाको संयोजकत्वमा कृष्ण ओली, राजन कटुवाल, राजकुमार श्रेष्ठ, ज्ञानेन्द्र सुब्बा सदस्य रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित सचिव रामप्रसाद रिमालले वताए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, दमक जेसीजका अध्यक्ष सुयोग खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा दमकका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिका साथै व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

दमकको वजार क्षेत्रका होलसेल व्यवसायीहरुले गत साउन २९ गते स्थापना गरेको सो संघमा अहिले ६० जना बढी आवद्ध भएका छन् । होलसेल व्यवसायीहरुको पेशागत हकहितसंगै आपसी समन्वय गर्ने उद्देश्यले संघ स्थापना गरि काम थालिएको सचिव रिमालले जनाएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...