धनकुटामा १६ बर्षीय विद्यार्थी बलात्कारी शिक्षक सहित ४ जनालाई १८ बर्ष कैद

 लिम्बुवान न्युज
                       

धनकुटा। जिल्ला अदालत धनकुटाले १६ बर्षीय विद्यार्थीलाई यौन शोषण गरी बलात्कार आरोपी शिक्षक सहिद ४ जनालाई १८ बर्ष कैद सजाय सुनाएको छ । धनकुटा नगरपालिका ६ का दलित विद्यार्थीलाई बारम्बार यौन शोषण गरेको घट्नामा सोही वार्डका शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, भक्त बहादुर मगर र देवेन्द्र श्रेष्ठलाई जिल्ला अदालतले दोषी ठहर गरी कैद सजाय सुनाएको हो ।

जिल्ला न्याधिस फडिन्द्र प्रसाद पराजुलीको एकल इजलासले दोषी शिक्षकलाई १८ बर्ष ६ महिना कैद, मगर, श्रेष्ठ र अत्रीलाई १८/१८ बर्ष कैद सजाय तोकेको छ । त्यसैगरी ४ जनालाई १ लाख ५० हजार क्षतिपुर्ति र ५० हजार जरिवाना समेत तोकिएको छ ।

विद्यार्थी बालिकालाई बलात्कृत गर्ने अधिकारी शिक्षक भएकोले थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेष्तेदार राजन बास्तोलाले बताए । धनकुटा ६ मा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ति बालिका माथि बारम्बार यौन शोषण गर्दै आएको पुष्टि भएकोे छ । लामो समय देखि यौन शोषण हुँदै आएपनि गत जेष्ठ महिनामा मात्र घट्नाको रहस्य बाहिर सार्वजनिक भएको थियो ।

सोही विद्यालयको शिक्षक अधिकारी सहित ४ जनाबाट बारम्बार रूपमा ललाई फकाई गरी यौन शोषण गरेको र ती बालिकको पेटमा गर्भ रहे पछी सोधपुछ गर्नेक्रममा यो घटनाको रहस्य बाहिरिएको थियो । ४ आरोपीले फरक–फरक ठाउँमा लगेर शारिरिक यौन शोषण गरेको पिढीत बालिकाले बयान दिएकी छन् । परिवारले यो कुरा थाहा पाएपछि किटानी जाहेरी दिएको आधारमा चारै जनालाई पक्राउ गरिएको थियो ।

नेकपा पार्टीका शिक्षक संगठनको उपध्यक्ष समेत रहेको अधिकारीले आफू निर्दोस भएको भनि विज्ञाप्ती समेत जारी गरेका थिए । तर १८ बर्ष भन्दा मुनिका बलिकाहरूलाई दुवैको मञ्जुरीमा शारिरिक सम्पर्क गरे पनि सम्पर्क गर्ने व्यक्तिलाई जबरजस्ति करणी तथा बलात्कार गरेको हो भनी कसुर अन्तर्गत कानुनी व्यावस्था भएकोले प्रहरीले उनिहरूलाई जवरजस्ती करणी मुद्दा दायर गरेको थियो । सोही बमोजिम सबै जना दोषि ठहर भई अदालतले जेल सजाय सुनाएको छ ।

बलात्कृत बालिकाले ३ महिना अघि नै बच्चा जन्माएकी छन् भने हाल बालिकालाई बच्चा सहित पुनर्थापना केन्द्रको संरक्षणमा राखिएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;