धनकुटामा १६ बर्षीय विद्यार्थी बलात्कारी शिक्षक सहित ४ जनालाई १८ बर्ष कैद

 लिम्बुवान न्युज
                       

धनकुटा। जिल्ला अदालत धनकुटाले १६ बर्षीय विद्यार्थीलाई यौन शोषण गरी बलात्कार आरोपी शिक्षक सहिद ४ जनालाई १८ बर्ष कैद सजाय सुनाएको छ । धनकुटा नगरपालिका ६ का दलित विद्यार्थीलाई बारम्बार यौन शोषण गरेको घट्नामा सोही वार्डका शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, भक्त बहादुर मगर र देवेन्द्र श्रेष्ठलाई जिल्ला अदालतले दोषी ठहर गरी कैद सजाय सुनाएको हो ।

जिल्ला न्याधिस फडिन्द्र प्रसाद पराजुलीको एकल इजलासले दोषी शिक्षकलाई १८ बर्ष ६ महिना कैद, मगर, श्रेष्ठ र अत्रीलाई १८/१८ बर्ष कैद सजाय तोकेको छ । त्यसैगरी ४ जनालाई १ लाख ५० हजार क्षतिपुर्ति र ५० हजार जरिवाना समेत तोकिएको छ ।

विद्यार्थी बालिकालाई बलात्कृत गर्ने अधिकारी शिक्षक भएकोले थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेष्तेदार राजन बास्तोलाले बताए । धनकुटा ६ मा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ति बालिका माथि बारम्बार यौन शोषण गर्दै आएको पुष्टि भएकोे छ । लामो समय देखि यौन शोषण हुँदै आएपनि गत जेष्ठ महिनामा मात्र घट्नाको रहस्य बाहिर सार्वजनिक भएको थियो ।

सोही विद्यालयको शिक्षक अधिकारी सहित ४ जनाबाट बारम्बार रूपमा ललाई फकाई गरी यौन शोषण गरेको र ती बालिकको पेटमा गर्भ रहे पछी सोधपुछ गर्नेक्रममा यो घटनाको रहस्य बाहिरिएको थियो । ४ आरोपीले फरक–फरक ठाउँमा लगेर शारिरिक यौन शोषण गरेको पिढीत बालिकाले बयान दिएकी छन् । परिवारले यो कुरा थाहा पाएपछि किटानी जाहेरी दिएको आधारमा चारै जनालाई पक्राउ गरिएको थियो ।

नेकपा पार्टीका शिक्षक संगठनको उपध्यक्ष समेत रहेको अधिकारीले आफू निर्दोस भएको भनि विज्ञाप्ती समेत जारी गरेका थिए । तर १८ बर्ष भन्दा मुनिका बलिकाहरूलाई दुवैको मञ्जुरीमा शारिरिक सम्पर्क गरे पनि सम्पर्क गर्ने व्यक्तिलाई जबरजस्ति करणी तथा बलात्कार गरेको हो भनी कसुर अन्तर्गत कानुनी व्यावस्था भएकोले प्रहरीले उनिहरूलाई जवरजस्ती करणी मुद्दा दायर गरेको थियो । सोही बमोजिम सबै जना दोषि ठहर भई अदालतले जेल सजाय सुनाएको छ ।

बलात्कृत बालिकाले ३ महिना अघि नै बच्चा जन्माएकी छन् भने हाल बालिकालाई बच्चा सहित पुनर्थापना केन्द्रको संरक्षणमा राखिएको छ ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...