नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । सोमबार राती नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना छ । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।

जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिनिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

सैन्य मामलाका जानकारहरुले यसलाई नियमित रुपमा मात्रै हेर्न नहुने बताएका छन् ।

जंगीअड्डाले भने सैनिक प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको सन्देश दिने कोशिश गरेको छ ।

जंगीअड्डाका स्रोतले भन्यो, ‘विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरिएको हो ।’ (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...