जसपाको लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं समायोजन, अध्यक्षमा टेक लावती

 लिम्बुवान न्युज
                       

काठमाठौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल, लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौँको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार काठमाडौंमा आयोजित सम्पर्क समितिको समायोजन तथा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रमबाट टेक लावतीको अध्यक्षतामा ३१ सदस्यीय समिति विस्तार गरिएको हो । समितिको उपाध्यक्षहरुमा बिवस हेल्लोक, देबेन्द्र नेम्वाङ र उमादेबी लिम्बू रहेका छन् भने सचिव, सहसचिव र कोषाध्याक्षमा क्रमशः कविन्द्र सम्बाहाम्फे, सुनिल आङ्बो र भक्त माखिमलाई जिम्मेवारी पाएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः पुर्ण जवेगु, अनुप लिङ्देन, हेमा फेउदिन, जया यादव, रेणुका सौर्य मगर, अनिता लिम्बू, सबिता पन्धाक, सुर्य बिक्रम चेम्जोङ, जयकुमार राई, दिल बहादुर येङदेन, दिल बहादुर राई, भजिन्द्रा लिङदम लावती, मन कुमार भट्टराई, नारायण नेयङ, नितुरानी नेम्वाङ, शिव राई र भगवती सिङ्जाली मगर लगायत चयन भएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको समयोजन कार्यक्रममा रकम चेम्जोङ, रेखा यादब, जयराम यादव, दलमर्दन कामी, रत्न बिक्रम स्याङबो, डा. के के राई, दिपेन्द्र आङ्देम्बे, प्रेमराज लावती, लाल धोज नेम्वाङ, डिबि आङ्बुङ, सुमन कुमार चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रदेश न. १ सम्पर्क समितिका अध्यक्ष महेन्द्र राईको अध्यक्षता गरेका थिए ।

उक्त कार्यक्रममा सफल ब्यावसायी तथा समाजसेवी दिल बहादुर लावती, पुर्व डिएसपि श्यामल एभेङ सुब्बा, समाज सेवी सुर्य बिक्रम चेम्जोङ, कमला आङदेम्बे लगायत करिब पाँच दर्जनभन्दा बढीले पार्टी प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;