नालीफूङवाको पाँचौं महाधिवेशन चैत्र मसान्तमा

 लिम्बुवान न्युज
                       

माङसेबुङ,लिम्बुवानखबर। किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको पाँचौ केन्द्रीय महाधिवेशन हुने भएको छ । किरात धर्ममा आबद्ध युवाहरुको साझा संस्था पान्जुम्भोको माघ २४ गते बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो ।

पान्जुम्भोको पाँचौं महाधिवेशन आगामी चैत २९ र ३० गते इलामको माङसेबुङमा गरिने बताइएको छ । कार्यक्रमलाई किरात चोत्लुङ मुहिङगुम अङसी माङगेना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ्ले सम्बोधन गर्ने आयोजकले जनाएको छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न नालीफूङ्वाहरुको बृहत् उपस्थिति गरिने भएको छ ।

किरात धर्ममा लामो समय योगदान गर्नु हुने पुर्व नालीफूङ्वा मुजोलुङ समितिका २ जना व्यक्तित्वहरुलाई सम्मान–पत्रद्वारा सम्मान गर्ने जनाएको छ छ । त्यसै गरी १ महिला र १ पुरुषलाई नालीफूङ्वा जुझारु पुरस्कार–२०७७ प्रदान गर्ने समेत बैठकमा निर्णय भएको समितिको केन्द्रीय सचिव योगेस लाओती “चुक्सा याप्मी”ले बताए ।

कार्यक्रममा प्रत्येक जिल्ला, स्थानीय तह तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने आयोजकले बताएको छ ।

समितिको कार्यवधी गत २०७७ साल कातिक १६ गते समाप्त भएको थियो तर विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९का कारण महाधिवेशन स्थगन नालीफूङवा पान्जुम्भो केन्द्रीय अध्यक्ष दीपक तिगेला खेवाहाङ (लिम्बु) बताए । उनले चैत्र २९ र ३० गते हुने दुई दिवसीय महाधिवशेनमा उपस्थितिको लागि तमाम नालिफुङ्वाहरुलाई आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...