चुलाचुली गाउँपालिकाद्वारा प्रशिक्षणकाे लागि खेलसामाग्री हस्तान्तरण

 लिम्बुवान न्युज
                       

चुलाचुली। इलामको चुलाचुली गाँउपालिकाले फूटबल र सितोरियो कराते खेलका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईद्वारा फूटबलका प्रशिक्षक कुमार गिरी र कराँतेका क्रमिक राई, चन्द्र राई, भिम लावती र मनकुमार लिम्बुलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।

आ. ब. २०७७/०७८ को खेलकुद शिर्षक अन्तर्गत फूटबल र कराँतेको लागि ६ वटै वडाका युबा खेलाडीहरूलाई खेल क्षमतामा थप वृद्धि गर्ने उद्देश्यका साथ ३/३ स्थानमा प्रशिक्षण कार्यक्रम गर्न आवश्यक सामानहरु प्रदान गरेको गाउँपालिकाले जनाएको छ । सामान हस्तान्तरण कार्यक्रममा चुलाचुली ५का वडा अध्यक्ष चन्द्र कुमार थापा, ३का अध्यक्ष नरेन्द्र लावती, १ का कार्यबहाक अध्यक्ष सीता लावती र गाउँपालिकाका सामाजिक विकास समिति संयोजक राम प्रसाद राईको पनि उपस्थिति रहेको थियो ।

 

आजै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएको जनाइएको छ । फूटबलका लागि वडा नं १, २, ३ र४ को लागि श्री पञ्चकन्या आ. वि. को खेल मैदान त्यसैगरी ५ र ६ को तल्लो भागका लागि चपेटी खेल मैदान र ६ को माथिल्लो भागको लागि साकफारा खेलमैदानमा प्रशिक्षण गरिने जनाइएको छ ।


कराँतेको लागि श्री शिव ज्योति आ. वि. चुलाचुली १को मैदान, किराँतेश्वर मावि चुलाचुली ३ र चपेटै खेल मैदान चुलाचुली ५ गरी तीन स्थानमा प्रशिक्षण गरिने गाउँपालिका अध्यक्ष राईका स्वकिय सचिव सञ्जय राईले जानकारी दिएका छन् ।

(तस्वीर सन्जय राइकाे फेसबुकबाट)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...