दमकमा चिचिरी गेन्द्रो दिवस माघ २७ देखि फागुन १ सम्म

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि फुड फेष्टिबल गर्ने जनाएको छ ।
केन्द्रले माघ २७ गते देखि फागुन १ गते सम्म चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न लागेको हो ।

फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टल रहने छन् भने ति स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रबद्र्धन गरिने बताइन् । फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले जानकारी दिए ।

चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिए । धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताए ।

महोत्सवलाई दमक नगरपालिकाको मुख्य प्रायोजन रहने छ । त्यसैगरी मोरङका विभिन्न स्थानीय तहले पनि सहयोग गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...