दमकमा धिमाल समुदायको खाद्य परिकार प्रवद्र्धन गर्न फुड फेष्टिबल

 लिम्बुवान न्युज
                       

दमक। आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आजदेखि झापा दमकमा धिमाल फुड फेष्टिबल शुरु भएको छ ।

“संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवस भनी धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवद्र्धनका लागि दमकमा धिमाल फूड फेष्टिबल शुरु गरेको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले फेष्टिवलको उद्घाटन गरेका छन् । प्रमुख अतिथि कार्कीले नेपालको मौलिकताको संरक्षण र आर्थिक समृद्धीका लागि पर्यटन सबै भन्दा सहयोगी पक्ष रहेको बताए । कोरोना भाईरसको महामारीका कारण पर्यटन क्षेत्र संकुचित बनेको समयमा आयोजना गरिएको धिमाल फुड फेष्टिबल कार्यक्रमले संस्कृति संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास भएको बताए ।

फेस्टिबल आजदेखि फागुन १ गते सम्म चल्नेछ । फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २०वटा विभिन्न स्टल रहेका छन् । ति स्टलमा जातिय खानाहरु विक्रि तथा प्रदर्शनका लागि राखिएको बताइन् ।

धिमाल फुट फेष्टिबलमा समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिईएको छ । चिचिरी धिमाल समुदायमा विसेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिए । चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ । खास गरि विवाह गरेकी चेली माईत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गरिएको गरिन्छ । माईत आएकी चेली तथा ज्वाईलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ । गेन्द्रो सोहि चामलको पिठोबाट पातमा पकाउने गरिएको छ ।

धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताएका छन् । धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृति बारे जानकारी गराउन फेष्टिबल सहयोगी हुने उनको भनाई छ । कार्यक्रमलाई संगीतमय बनाउन राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहने केन्द्रका महासचिव मात्रिका धिमालले बताए ।

फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले बताएका छन । दमक नगरपालिकाको विशेष सहयोग रहेको फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।

झापा र मोरङ्मा सघन तथा सुनसरीका केहि क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङको पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । २०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, आदिबासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजुपुरीया लगायतका वक्ताले सवै जाति तथा समुदायको संस्कृति संरक्षणका लागि तिनै तहका सरकारहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...