कर्णाली सरकारले प्रदेशका सबै संचारगृहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय

 लिम्बुवान न्युज
                       

माघ २७, लिम्बुवानखबर । कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका सबै सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कोरोना भाइरसले थला परेको आमसंचारलाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक–एक लाख दिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरोना महामारीको ठूलो असर सञ्चार क्षेत्रमा पनि परेको छ । त्यसैले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने निर्णय गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री भण्डारीले नेपाली जनताको आशु, रगत र पसिनाबाट लेखिएको संविधानका हरफहरु मेटिने हो कि भन्ने चिन्ता व्यक्त गर्दै जनताको बलिदानबाट प्राप्त अधिकार खोसिने हो कि भन्ने यतिबेला नेपाली जनमा एउटा आशंका उब्जिएको बताएका छन् । ‘यो बेला कलम चलाउने आम संचारकर्मीहरुले कलम चल्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने ।

पत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभामा नौ जना पत्रकार सम्मानित भएका छन् । शान्ति र विकास पत्रकारिता पुरस्कारबाट देवीराम देवकोटा, डम्मर आचार्य, चाँदनी कठायत, भानुभक्त खड्का सम्मानित भएका छन् । त्यस्तै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट खिम बुढा र मानबहादुर वली, वर्ष पत्रकारिता पुरस्कारबाट ललित बुढा र मधुवन बिसी, स्वर्गीय पत्रकार नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट गीता थापा सम्मानित भएको महासंघ सुर्खेतका शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिएकी छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...