पवित्रहाङमा कप फूटबलको फाइनदलमा एपिएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक भिड्दै

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा ए.पी.एस.सी.माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक उपाधीको लागि आज भिड्दैछन् ।

शनिबार भएको पहिलो सेमीफाइनल खेलमा धरान फुटबल क्लब सुनसरीलाई २–१ पराजित गर्दै रोयल स्पोर्टीङ क्लब दमक उपाधि नजिक पुगेको हो ।

रोयलकी दीपा साहीले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेकी थिइन । फेरी २९ औं मिनेटमा रोयलले पाएको फ्रि किकमा धरानकी सुनाली लिम्बूको हेडमार्फत आत्माघाती गोल भएपछि रोयलको जित सनिश्चित भएको थियो ।

दास्रो हाफमा खेलको ७ औं मिनेटमा वविता विकको गोलबाट खेलमा फर्किने संकेत देखाएपनि धरानले हार टार्न भने सकेन ।

यसरी नै सोही दिनको दोश्रो सेमीफाइनलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई २–० गोल अन्तरले पराजित गर्दै ए.पी.एस.सी. माङसेबुङ फाइलनमा प्रबेश गरेको छ ।

माङसेबुङकी लक्ष्मी ठटालले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलएकी थिइन ।

त्यस्तै दोस्रो हाफमा खेलको दोस्रो मिनेटमानै पुनः माङसेबुङकै लक्ष्मीले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाइन । खेलको वुमन अफ दी म्याच चतराकी गंगा राई घोषित भईन ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन ।

आज फूटबलको फाइनल खेलको अलावा प्रतियोगितामा अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, गाग्री भर्ने, माला उन्ने, चम्चा दौड, कराते लगायतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६५, दोस्रोले ४ हजार १ सय ६५, तेस्रोले ३ हजार १ सय ६५ र सान्तवना हुनेले २ हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।

(तस्वीर माङसेबुङन्यूज अनलाइनबाट)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...